लक्ष्मी बैंकको नाफा ३ महिनामै ५६ प्रतिशतले वृद्धि

  २०७५ वैशाख ११ गते १०:३४     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले ३ महिनामै आफ्नो नाफा ५६.८६ प्रतिशतले वृद्धि गरेको छ । २०७४ पुस मसान्तमा ५१ करोड नाफा कमाएको बैंकले चैतमा ८० करोड पुर्याएको हो ।

तीन महिनामै २९ करोड नाफा वृद्धि हुनुमा ब्याज आम्दानीको ठुलो हिस्सा रहेको छ । बैंकले तीन महिनामै ५५ करोडले ब्याज आम्दानी गरेको छ ।
बैंकले राइट ब्याकबाट ४ करोड प्राप्त गरेको छ भने नन अपरेटिङ इनकम पनि १५ करोड गर्न सफल भएको छ ।

१.१६ प्रतिशत खराब कर्जा रहेको बैंकको आधार ब्याज दर ११.३५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १३.६४ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२६.३८ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.