हिरो मोटरसाइकलले छान्यो नयाँ बर्ष योजनाका भाग्यशाली

  २०७५ वैशाख ८ गते १५:२२     विकासन्युज

काठमाडौं । काठमाडौं । नेपालका लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले नयाँ बर्ष २०१८ का विजेताहरुको नामावली सार्वजनिक गरेको छ ।

कम्पनीले न्यु इयर मा पर्छ पर्छ योजनामा शत प्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत क्यास ब्याक पाउने विजेताहरुको नामावली सार्वजनिक गरेको हो । शतप्रतिशत रकम फिर्ता पाउनेहरुमा मुस्तकिम बैढा, राम राजाशाह, हरिनारायण प्रसादशाह र पुनमकुमारी चौधरी रहेका छन् ।

त्यस्तै, दोस्रो पुरस्कार वापतद ७५ प्रतिशत रकम फिर्ता पाउनेहरुमा बसु थापा, मधु चौधरी, सिंह बहादुर राई र ज्योती मैनाली रहेका छन् । त्यसै गरि तेस्रो पुरस्कार वापत ५० प्रतिशत रकम फिर्ता पाउनेहरुमा अजोधया प्रसाद चौधरी, ढुण्डि राज गौतम, रमेशकुमार मेहता र सहिल मुसलमान रहेका छन् ।

हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकहरुले स्क्य्राच कार्ड बाट ५ हजार देखि १ लाख सम्म जित्न सक्ने लगायतका योजना ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.