जलस्रोत तथा ऊर्जाको श्वेतपत्र आउदै

  २०७५ वैशाख ७ गते १०:१८     विकासन्युज

काठमाडौं । सरकारले ऊर्जा तथा जलस्रोत विकासका समस्या पहिचान गर्दै भावी योजना समेटेर श्वेतपत्र ल्याउने भएको छ ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले श्वेतपत्र निष्कासन गर्न लागेको हो ।

श्वेतपत्र तयारीका लागि मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि काम सुरु गरेका छन् । श्वेतपत्र तयारीका लागि काम सुरु भएको नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए ।

अघिल्लो सरकारले ल्याएका योजना तथा कार्यक्रमको कार्यान्वयनको समस्या तिनको समाधानका विषयमा पनि श्वेतपत्रमा समेटिने छ । यस्तै विद्युत आपूर्तिमा सुधार, चुहावट नियन्त्रण, विद्युतीकरण, ठूला जलाशय आयोजनाको पहिचान तथा निर्माणलगायत विषय श्वेतपत्रमा उल्लेख हुने छ । केही दिनभित्रै श्वेतपत्र सार्वजनिक गरिने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले देशको समग्र अर्थतन्त्रका बारेमा श्वेतपत्र जारी गरएको महिना दिनमा ऊर्जाले पनि ल्याउन लागेको हो । अर्थमन्त्री डा. खतिवडाले जारी गरेको श्वेतपत्रमा पूर्वाधार तथा ऊर्जामा निजी क्षेत्रको १० खर्ब रूपैया लगानी आवश्यक पर्ने उल्लेख छ ।

यसअघि ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले २०७४ साउन ३२ गते कार्यादेशसहितको श्वेतपत्र जारी गरेका थिए । जनार्दन शर्मा ऊर्जा मन्त्री हुँदा सुरु भएको ‘नेपालको पानी जनताको लगानी’ नारालाई निरन्तरता दिने भन्दै योजना ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.