सामसङ ग्यालेक्सी एसनाइन प्लसको प्रि बुकिङ ९ गतेसम्म खुला, उपभोक्तालाई छुटै छुट

  २०७५ वैशाख ६ गते १६:३५     विकासन्युज

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा ल्याउन लागेको सामसङ ग्यालेक्सी एसनाइन प्लसको प्रि बुकिङ आगामी ९ गतेसम्म खुला गर्ने भएको छ । कम्पनीले उक्त मोबाइलको प्रि बुकिङ गत ४ गतेदेखि खुला गरेको थियो ।

इच्छुक उपभोक्ताहरुले www.S9prebooking.com मा गई प्रि बुकिङ गर्न सक्नेछन् । उपभोक्ताले बुकिङ गरे बापत ७ हजार २ सय रुपैयाँ बराबरको बोटलस्पिकर सहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । साथै, रुट्स फेशनमा खरिद बापत १० प्रतिशत छुट र केजिएच होटेलमा ५ हजार रुपैयाँमा कोठा बुक गर्ने सुविधा पाउने कम्पनीले जनाएको छ ।

नेपालको सबैभन्दा विश्वसनीय तथा सर्वाधिक विक्री हुने ब्राण्ड सामसङ इलेक्ट्रोनिक्स्ले १२८ जिबी भएको उक्त मोबाइल बजारमा ल्याउन लागेको हो । उक्त स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि हरेक हप्ता एक हजार एमबी र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।

कम्पनीले १ लाख ९ हजार ९ सय रुपैयाँ मूल्य भएको उक्त फोनमा ५ हजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउँनेछ । त्यसपछि उक्त फोनको प्रभावकारी मूल्य १ लाख ४ हजार ९ सय रुपैयाँ हुनेछ । साथै, यस फोन आगामी वैशाख १० गतेदेखि नेपालका सम्पूर्ण सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा मिडनाइट ब्याल्क रङमा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.