तरलता धेरै घटेपछि राष्ट्र बैंकले आज ५ अर्ब बजारमा पठाउदै

  २०७५ वैशाख ६ गते १०:५४     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा तरलतामा भारी गिरावट आएपछि नेपाल राष्ट्र बैंकले बिहीबार बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको छ ।
केन्द्रीय बैंकले बैंकसंग भएको ट्रेजरी बिल्स खरिद गरेर सो रकम बजारमा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा ३२ अर्ब रुपैयाँ हारहारीमा रहेकाले अधिक तरलता घटेर १० अर्ब रुपैयाँमा झरेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाएर सन्तुलन कायम राख्न खोजेको हो ।
चैत मसान्तमा करवापत अर्बो रुपैयाँ सरकारको ढुकुटीमा जम्मा भएकाले बैंकिङ प्रणालीमा तरलता कम भएपछि बजारमा पैसा पठाएको केन्द्रीय बैंकले जनाएको छ । राजश्वको रुपमा सरकारको ढुकुटीमा रकम जम्मा भएपछि केही दिनसम्म बैंकिङ प्रणालीमा तरलताको अभाव हुने छ ।
अन्तर बैंक ब्याजदर ५ प्रतिशत तल रहेकाले रिपो निष्कासन गर्न नपाएको केन्द्रीय बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.