नेपालमा वैदेशिक लगानी बढ्दो, १९२ उद्योग सञ्चालन गर्न ३५ अर्ब वैदेशिक लगानी भित्रियो

  २०७५ वैशाख ३ गते ९:२१     विकासन्युज

काठमाडौँ । चालू आर्थिक वर्षको ८ महिनामा विभिन्न उद्योग व्यवसाय सञ्चालनका लागि ३५ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । यसअवधिमा विभिन्न मुलुकका लगानीकर्ताले ३४ अर्ब ९० करोड रुपैयाँ लगानी गर्न १९४ उद्योग विभागमा दर्ता भएका छन् ।

विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन् ।

दर्ता भएका उद्योगमध्ये कृषिजन्य ११, ऊर्जामूलक चार, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १७, उत्पादनमूलक ३९, खनिज एक, सेवामूलक ६२ र पर्यटन ६० उद्योग रहेका छन् ।

१० करोडभन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोड रुपैयाँ लगानीसम्मका मझौला र २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ ।  विभागमा हालसम्म ७ हजार ५०० उद्योग दर्ता भएका छन् ।

विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले देशमा तिनै तहको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेकाले औद्योगिक क्षेत्रमा लगानी बढेको बताए। “अघिल्ला वर्षको तुलनामा यो वर्ष उद्योग क्षेत्रमा लगानी बढेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.