साधना लघुवित्तको साधारण सभा सम्पन्न, एक कित्ता बराबर एक कित्ता हकप्रद शेयर जारी गर्ने

  २०७४ चैत २९ गते २२:३६     विकासन्युज

काठमाडौं । गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो प्रथम वार्षिक साधारण सभा होटल गोरखा विसौनिमा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले एक कित्ता बरावर एक कित्ता (१ः१) हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । हकप्रद शेयर जारि पछि वित्तीय संस्थाको अधिकृत पूँजी रु १० करोड, चुक्तापूँजी रु ४ करोड ९० लाख र जारी पूँजी ७ करोड पुग्ने संस्थाले जानकारी गराएको छ ।

कृष्णबहादुर थापाको अध्यक्षतामा नँया सञ्चालक समिति

त्यस्तै साधारण सभाले कृष्ण बहादुर थापाको अध्यक्षतामा नँया सञ्चालक समिति समेत र्निविरोध निर्वाचित गरेको छ । जसको सञ्चालकमा राधा कुष्ण भण्डारी, रमेश सापकोटा दिनेश थकाली रहेका छन् भने सोहि दिनको सञ्चालक समितीको बैठकले अर्जुनकुमार सिँहलाई संञ्चालकमा मनोनयन गरेको छ ।

साधारण सभामा वित्तीय संस्थाको अध्यक्ष थापाले संस्थालाई वित्तीय क्षेत्रमा नविनत्तम अवधारणाको विकास गरी नमुना लघुवित्तको रुपमा स्थापित गर्ने बताए ।

पछिल्लो समय वित्तीय संस्थाहरु नाफामुखि र बजार केन्द्रित भएको परिपे्रक्षमा यस वित्तीय संस्थाले गाम्रिण दुरदराजमा गइ वित्तीय कारोवारका साथै सामाजिक कार्य गर्दै आएको उनले जानकारी गराए । साधारण सभालाई सम्वोधन गर्दै नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापाले जोखिमन्यूनिकरण र शेयर धनिलाई सक्रिय हुन आग्रह गर्दै नाफाभन्दा वित्तीय पहुँच विस्तार गर्न अनुरोध गरे ।

उक्त संस्थाले गाम्रिण क्षेत्रमा विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्दै आएको जनाएको छ । हालसम्म वित्तीय संस्थाले १५ वटा शाखाकार्यालयमार्फत ६ हजार ५ सय भन्दा बढी सदस्यहरुलाई समुहमा आबद्द गराई ३ हजार ऋणी सदस्यबाट रु २८ करोड कर्जा लगानी गरेको र ३ करोड ५० लाख असुलिभएको जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.