आयकर र मुल्यअभिवृद्धि कर नतिर्ने १६५ कम्पनीको बैंकिङ खाता रोक्दै राजस्व विभाग

  २०७४ चैत २१ गते ११:१९     विकासन्युज

काठमाडौं । आन्तरिक राजस्व विभागले मुल्य अभिवृद्धि कर र आयकर नतिर्ने १६५ कम्पनीको बैंकिङ खाता बन्द गर्ने तयारी गरेको छ ।
लामो समयसम्म कर तिर्न अटेर गरेपछि बैंकिङ खाता बन्द तथा अन्य कारवाहि प्रक्रिया अघि बढ्न लागेको हो ।

करदाता सेवा कार्यालय, त्रिपुरेश्वरले ८५ वटा कमपनीलाई सयममै कर तिर्न पत्राचार र टेलिफोन सम्पर्क गर्दा पनि कुनै प्रतिक्रिया नआएपछि कानूनी प्रक्रिया अघि बढेकाे हाे । कार्यालयले बुधबारदेखि लागू हुनेगरी १५ दिनको समय दिएको छ ।

यो मितीसम्ममा कम्पनीहरुले कर नतिरेमा आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्म र मूअकर एन २०५२ को दफा २१ १ बमोजिम कारबाहि प्रक्रिया अघि बढ्नेछ ।

यसैगरी करदाता सेवा कार्यालय नयाँ बानेश्वरले ७ दिन भित्र ८० कम्पनीले बक्यौता कर नतिरेमा बैंकिङ खाता रोक्का, नेपाल बाहिर जान रोक्का, आयात निर्यात रोक्का लगायतको कानूनी कारबाहि गर्ने तयारी गरेको छ ।

कर नतिर्नेहरुमा मुड लाइटिङ प्राली, लुम्बिनी एम के जेभी लगायत १६५ वटा कम्पनी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.