अनुमगनलाई व्यवस्थित गर्ने सरकारको तयारी, कालोबजारी ऐन शंसोधन गरिने

  २०७४ चैत १६ गते १९:१७     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजार अनुगमनलाई व्यवस्थित पार्ने बताएका छन् । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा निजी क्षेत्रका समस्या अवगत गराउन शुक्रबार मन्त्रालय पुगेको टोलीसँंग मन्त्री यादवले बजार अनुगमनलाई व्यवस्थित पार्ने निजी क्षेत्रलाई अवगत गराएका थिए । त्यसको लागि व्यवसायीहरुले पनि सहयोग गर्नु पर्ने उनको भनाइ छ ।

अनुमगनलाई व्यवस्थित गर्न कार्यविधि बनाएर अगाडि वढ्ने उनले प्रतिबद्धता गरे । यसका लागि काम अगाडी बढीरहेको आपूर्ति मन्त्री यादवले जानकारी गराएका थिए ।

२०३२/०३३ सालमै बनेको कालोबजारी ऐनलाई शंसोधन गर्न सरोकारवाला सवै पक्षसँंग बसेर प्रक्रिया अगाडी वढाउने मन्त्री यादवले आश्वासन दिएको चेम्बरले बताएको छ ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पुरानो कालोबजारी ऐनको शंसोधन गर्न विगतदेखि नै जोड दिदै आएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.