ओपोले ल्यायो अत्याधुनिक सेल्फी प्रविधि ओपो ए ७१, मुल्य १५ हजार ९९०

  २०७४ चैत ९ गते १८:१३     विकासन्युज

काठमाडौं । ओपोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन ए ७१ सार्वजनिक गरेको छ । उक्त उत्पादन परिस्कृत एआई ब्युटी प्रविधि र शक्तिशाली क्वालकम स्न्यापड्र्यागन ४५० प्रोसेसर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार फोनको फ्रण्ट क्यामेरामा ओपोको पृथक सेल्फी प्रविधि उपलब्ध गरिएको छ । फोनमा यूवा पुस्तालाई प्रत्यक्ष आकर्षित गर्ने सोचका साथ कम्पनीले आकर्षक स्लिम मेटालिक यूनी बडी डिजाइन अपनाइएको छ ।

स्मार्टफोन १.८ जीएचजेडमा क्ल्क्ड फोनमा ३ हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । त्यस्तै फोनमा १ दशमलव ४ यूएम पिक्सेल र स्मार्ट अर्थमेटिक अप्टिमाइजेसनसहित ५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ भने मल्टि–फ्रेम डिनोइजिंग प्रविधिसहित १३ मेगापिक्सेल क्षमताको रियर क्यामेरा छ ।

सार्बजनिक स्मार्टफोनको बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले ए सिरिज अन्तर्गत नयाँ मोडल अत्याधुनिक सेल्फी प्रविधि र आकर्षक डिजाइनमा सार्वजनिक गरेको बताए । ‘नयाँ फोनमार्फत आफ्ना उपभोक्ताका माग तथा आवश्यकताको सक्दो सम्बोधन गर्नु हाम्रो लक्ष्य हो,’ उनले भने ‘नयाँ फोनमार्फत हामी यस कार्यमा सदाझैँ सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’

सुनौलो र कालो गरी दुई रंगमा उपलब्ध उक्त ओपो ए ७१ को मुल्य रू. १५ हजार ९९० तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.