सिद्धार्थ बैंकको १४ प्रतिशत बोनस सेयर पारित

  २०७४ चैत ४ गते १७:५५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १४ प्रतिशत बोनस सेयर पारित भएको छ । आइतबार(आज) सम्पन्न बैंकको १६औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

कम्पनीको चुक्ता पूँजी ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । १४ प्रतिशत अर्थात ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ बोनस पश्चात बैंकको पूँजी ७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । साथै, बोनस सेयर अघि नै स्वीकृत भई जारी भइरहेको १० प्रतिशत हकप्रद सेयर समेत गरी बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ ।

हाल बैंकले १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०७ एटीएम र ६८७ पीओएस् मेसिन मार्फत्  बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

गत फागुन मसान्तसम्म बैंकको कुल निक्षेप ८७ अर्ब ५७ करोड रुपैयाँ र कर्जा लगानी ७९ अर्ब २९ करोड रुपैयाँ रहेको छ । सोहि अवधीसम्म बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.