एनसीसी बैंकले भन्यो थप मजवुत भयौ, वित्तीय अवस्था बलियो भएकाले निक्षेपकर्ता र सेयरधनी डराउनु पर्दैन

  २०७४ चैत ४ गते ८:२८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले वित्तीय अवस्था सुध्रिढ रहेको भन्दै निश्चिन्त रहन अनुरोध गरेको छ । बैंकले एक प्रेस विज्ञप्ति प्रकाशित गरी बैंकमा कुनै समस्या नरहेको र वित्तीय रुपमा बैंक सबल भएको निक्षेपकर्ता र सेयरधनीलाई जानकारी गराएको छ ।

एपेक्स डेभलपमेन्ट बैंक मर्जर गर्दा खराब कर्जा हुन पुगेको १ अर्ब ५० करोड ९७ लाख रुपैयाँ नेपाल राष्ट बैंकको एकिकृत निर्देशनअनुसार जोखिम बहन गर्ने कोषमा छुटटइसकेको भन्दै यसले बैंकको वित्तीय विवरणमा कुनै प्रतिकुल असर नपार्ने स्पष्ट पारेको छ । नेपाल राष्ट बैंकले समेत वित्तीय अवस्था सुध्रिढ भएको जानकारी दिएको एनसीसीले जानकारी दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानब्युरो (सीआईबी) बैंकमा घोटला गर्ने तत्कालिन एपेक्स डेभलपमेन्टका अध्ययक्ष विष्णुप्रसाद धिताललगायत सञ्चालक र कर्मचारी गरी १३ जनालाई हिरासतमा लिएर अनुसन्धान थालेको बैंकले स्पष्टपारेको छ ।

एपेक्सको तत्कालिन नेतृत्वले कमसल धितो राखेर डेढ अर्ब कर्जा हिनामिना गरेको थियो । एपेक्सलाई एनसीसीमा मर्ज गरिएपछि सो दायित्व समेत एनसीसी बैंकमा सरेको थियो । खराब कर्जाका लागि एनसीसीले डेढ अर्ब रुपैंयाँ प्रोभिजन गरेको थियो । डेढ अर्ब प्रोभिजनका बावजुद एनसीसीको नाफा ४०० प्रतिशत बढेको छ ।

कसुरदारसँग डेढ अर्ब असुलिएसँगै बैंकले प्रोभिजन गरेको रकम बैंकको आम्दानीमै गणना हुनेछ । यसपछि बैंकको नाफा बढ्छ, खराब कर्जाको अनुपात घट्छ र स्थिर कोष पुन तरल अवस्थामा आउनेछ । प्रोभिजनका बावजुद ४०० प्रतिशत आम्दानी बढाएको बैंकले डेढ अर्ब समेत कोषमा आउँदा कम्पनी थप मजबुत हुनेछ । डेढ अर्ब खराब कर्जा र त्यसका लागि गरिएको प्रोभिजनबाट मात्रै अब बैंक मुक्त भएको छैन, एउटा ल्याक होलबाट पनि सफल अवतरण गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कर्जा नोक्सानी व्यवस्थापन भइसकेकाले बैंकको वित्तीय अवस्थामा कुनै असर नपर्ने देखिएको हो । नाफा ४ गुणा बढेकाले सो ऋण नउठे पनि बैंकलाई असर नगर्ने देखिएको हो । अघिल्लो वर्ष २०७३ पुस मसान्तमा ७ करोड रूपैयाँ खुदनाफा गरेको बैंकले चालु आवको पुस मसान्तमा २८ करोडले वृद्धि गरेर खुदनाफा ३५ करोड रूपैयाँ पुर्याएको हो ।

बैंकको नाफामा ३४ करोड ६९ लाख रुपैयाँ राइट ब्याकको हिस्सा छ । ४ अर्ब ६७ करोड चुक्ता पुँजी रहेको एनसीसी बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैंयाँ छ । एनसीसीले ४।८४ प्रतिशत रहेको खराब कर्जालाई ४।०४ प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर नेटवर्थ १६२।२९ रुपैंयाँ रहेको छ ।

तत्कालिन एपेक्स डेभलपमेन्टका अध्यक्ष विष्णुप्रसाद धिताल, सञ्चालक इच्छाबहादुर गुरुङ सुवर्णराज भण्डारी र मधुवनलाल श्रेष्ठलाई पक्राउ गरेको छ । यस्तै तत्कालिन एपेक्सका कामु प्रमुख कार्यकारी अधिकृत ऋषिराज भटट् सहित १३ जनालाई पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ ।

यसरी कर्जाको दुरुपयोग भयो

२०७२ मंसिर २१ गते एनसीसीसंग मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि एपेक्सका अध्यक्ष तथा हाल एनसीसीका सञ्चालक विष्णुप्रसाद धितालले सोको फाइदा उठाउदै दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैया हानीनोक्सानी पुर्याउने काम गरेको सीआईबीको अध्ययनले देखाएको छ । कुल २ अर्ब रुपैयाँ दुरुपयोग भएकोमा करिव ४८ करोड रुपैयाँ असुली गरिएकोको छ ।

कमसल धितो राखिएको र बढी मूल्याँकन गरिएको, नक्कली ऋणी खडा गरी उनीहरुको बढी आम्दानी देखाइएको, मोटरबाटो नपुगेको भीर र पाखो भएको जग्गामा बाटो देखाइएको, नभएको गरेर कर्जाको दुरुपयोग भएको सीआईबीको ठहर छ । जग्गाको निरीक्षणलगायत सबै काम एकै दिन पुरा गरेर सोही दिन कर्जा लिएको जस्ता १२ अभियोग लगाइएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.