प्रदेश ३ सरकारले ३ महिनाको संक्रमणकालिन बजेट ल्याउने, नयाँ कार्यक्रम नआउने

  २०७४ चैत ३ गते ९:००     विकासन्युज

काठमाडौं । ३ नम्बर प्रदेश सरकारले ३ महिनाका लागि मात्र हुने गरी संक्रमणकालिन बजेट ल्याउने भएको छ । चालु आर्थिक वर्ष सकिन लागेकाले प्रक्रिया पुरा गर्न ३ महिनाका लागि मात्र बजेट ल्याउने मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

बजेट तयारीका विषयमा अहिले अर्थ मन्त्रालयलसंग छलफल चलिरहेको उनले जानकारी दिए । पुराना कार्यक्रम निरन्तरता हुने र बजेट स्रोतको काम भइरहेको उनले बताए । पौडेलले चैत २० गते बजेट ल्याउने गरी काम भइरहेको बताए ।

प्रदेश सरकारसंग १ अर्ब रुपैयाँ मात्र रहेको बताउदै अर्थले थप रकम दिए मात्र बजेटको आकार बढ्ने पौडेलको भनाई छ । उनले आगामी असार १ गते आगामी आर्थिक वर्षका लागि पुर्ण बजेट आउने जानकारी दिए । प्रदेश सरकारले ३ वटा कानून पारितका लागि प्रदेश संसदमा पेश गरिसकेको छ । कानून नबनेसम्म काम गर्न समस्या पर्ने भएकाले कानून पारित गर्नतर्फ लागेकोउनले जानकारी दिए ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयक, स्थानीय तहको सेवा सुविधासम्बन्धी विधेयक र केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक पारित गरेको छ । प्रदेश सरकारले तीन महिनाभित्र २३ कानून निर्माण गरिसक्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ । तीमध्ये प्रदेशसभा नियमावली पारित भइसकेको छ भने २२ कानून निर्माण हुन बाँकी छन् ।

प्रदेश अर्थमन्त्रीले प्रत्येक वर्षको असार १ गते आर्थिक वर्षको राजश्व र आम्दानीको व्यय अनुमान (बजेट) पेश गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले तयार पारेको प्रदेश आर्थिक कार्य्विधि ऐनको मस्र्यौदामा प्रदेश आर्थिक विकास मन्त्रीले वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अर्थले मस्र्यौदाको अन्तिम रुप दिएको छ । व्यवस्थापिका संसदबाट पारित भएपछि ऐनको रुपमा कार्यन्वयनमा आउने छ । प्रदेशको बजेटमा अघिल्लो वर्षमा गरिएको अनुमानअनुसार राजश्व संकलन भएनभएको विवरण सहित गैरकर छुट दिएको विवरण समावेश गर्नुपर्ने प्रस्तावित ऐनको मस्र्यौदामा उल्लेख गरिएको छ ।

यस्तै मध्यकालिन खर्चको संरचना तयार, अनुदान र सार्वजनिक ऋण लगानी सम्बन्धित नीति बजेटमा समावेश गरिएको हुनुपर्ने छ । प्रदेश सरकारले घाटाको बजेट पेश गर्न सक्ने व्यवस्था प्रस्तावित मस्र्यौदामा गरिएको छ ।

३ वर्षको आम्दानी र खर्चको स्रोतको प्रक्षेपण सहित मध्यकालिन खर्च संरचना तयार गर्नुपर्ने छ । यस्तो खर्च संरचना बनाउदा आवधिक विकास योजनालाई मार्ग निर्देशनका रुपमा लिनुपर्ने छ ।आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनाका लागि उपलब्ध हुने स्रोत तथा खर्चको सीमा प्रदेश अर्थ मन्त्रालयले चालु आवको माघ मसान्तभित्र गरिसक्नु पर्ने छ ।
प्र

देशको स्रोत अनुमान समितिले गत आव र चालु आवको ६ महिनामा समष्टिगत आर्थिक परिसूचकहरु आगामी आवमा उपलब्ध हुन सक्ने राजश्व, अनुदान विकास सहायता र आन्तरिक ऋण रकमका आधारमा स्रोतको अनुमान गर्नुपर्ने व्यवस्था गरिएको छ । मध्यकालिन खर्चको संरचनाका आधारमा आगामी वर्षका लागि गर्न सकिने खर्चको सीमा निर्धारण गर्नुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.