कार्गो प्रबन्ध शुल्क बृद्धिमा निजी क्षेत्रको आपत्ति, शुल्क घटाउन माग

  २०७४ चैत २ गते १६:५०     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रहि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीबाट सञ्चालित एअर कार्गो बिल्डीङबाट कार्गो प्रवन्ध शुल्क बृद्धि गरिएको छ । उक्त शुल्क वृद्धिप्रति निजी क्षेत्रको गम्भीर आपत्ति भएको बताएको छ ।

नेपाल चेम्बर अफ कमर्शले आपत्ति जनाउदै वृद्धि भएको शुल्क अबिलम्व फिर्ता लिन कम्पनीसँग माग गरेको छ । निजी क्षेत्रले दिएको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गर्न सरोकारवाला सवैलाई चेम्बरको आग्रह छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले बिहीबारदेखि लागु हुने गरी आयात निर्यात गरिने मालसामानहरुको कार्गो प्रवन्ध शुल्क बृद्धि गरिएको सूचनाप्रति चेम्वरकोे गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पहिलेनै सरोकारवाला सवै निकायहरुको छलफल गरी कार्गो सम्बन्धि निजी क्षेत्रको सुझाव तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री समक्ष पेश गरेको चेम्बरले बताएको छ । निजी क्षेत्रको कुनै पनि प्रतिनिधिमूलक संस्थासँग परामर्श तथा समन्वय नगरी एकतर्फी ढंगले शुल्क वृद्धि गरेको आरोप लगाइएको छ ।

प्रस्तुत शुल्क वृद्धिले निर्यात व्यापार घटिरहेको अवस्थामा निकासी हुने वस्तुमा लागत वृद्धि हुन गइ अन्तर्राष्ट्रिय बजारमा नेपाली मालवस्तुको प्रतिस्पद्र्धात्मक क्षमतामा ह्रास हुने चेम्बरको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.