दैलेखको ग्यासँ हेर्न चिनियाँ टोली आउँदै, टेकुमा पाइपबाट परिक्षण गरिने

  २०७४ चैत १ गते १२:३४     विकासन्युज

काठमाडौं । दैलेख–सुर्खेत, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका ग्यास खानीहरुको अन्वेषण तथा उत्खननका लागि चिनियाँ टोली यसै महिना नेपाल आउँदैछ । यता नेपालले पनि टेकुको प्राकृतिक ग्यासको परिक्षण प्रक्रिया अघि बढाएको छ ।

खानी विभागको प्राकृतिक ग्यास शाखाका प्रमुख विजयलाल श्रेष्ठले टेकुको एउटा ग्यास कुवामा ड्रिल गर्ने काम सम्पन्न भएको र बागमति र बिष्णुमति दोभानमा ड्रिल गर्नका लागि कम्पनी छनौट प्रक्रिया अघि बढेको बताए ।

‘टेकुको पुरानो कुवामा ड्रिल गर्ने काम सम्पन्न भएको छ, टेकु दोभानमा ड्रिल गर्ने कम्पनी छान्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ’, प्राकृतिक ग्यास शाखा प्रमुख श्रेष्ठले विकासन्युजसँग भने । खानी विभागले २०७३ कात्तिक ५ गते ललितपुरको इमाडोलमा रहेको कुवाबाट प्राकृतिक ग्यास निकालेर परिक्षण गरेको थियो । सो कुवामा पाइपबाट घर घरमा पुर्याएर बाल्न मिल्ने ग्यास रहेको तर मात्रा थोरै भएकाले व्यवसायीक उत्पादन गर्न कठिन हुने देखिएको छ ।

इमाडोलको परिक्षणपछि विभागले टेकुका २ वटा कुवामा परिक्षण प्रक्रिया अघि बढाएको हो । त्यसका लागि एउटा कुवामा ड्रि गर्ने, मेसिन जोड्ने, ग्यासँ तान्ने, ग्यास र पानी छुट्याउने तथा बाल्नेसम्मको काम गर्न करिब ५० लाख रुपैंयाँ खर्च हुने पनि श्रेष्ठले जानकारी दिए । ‘पहिले नै अध्ययन सम्पन्न गरिसकेका कुवाहरुमा अहिले ग्यास निकालेर परिक्षण गर्दैछौं, कति मात्रा छ र व्यवसायीक उत्पादन सम्भव छ की छैन भनेर पनि हेर्छाै’, श्रेष्ठले भने । उनले आगामी २ महिना भित्र टेकुका दुबै कुवाँमा प्राकृतिक ग्यासको परिक्षण सम्पन्न गर्ने पनि बताए ।

दैलेख–सुर्खेत, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका ग्यास खानीहरुका अध्ययनका लागि चिनियाँ टोली यसै महिना नेपाल आउँदैछ । श्रोतका अनुसार चिन सरकारले नेपालमा पेट्रोलिमय उत्खननका लागि २ अर्ब २० करोडको बजेट विनियोजन गरेको छ । तर नेपालले भने ४ अर्ब रुपैंया लाग्ने प्रक्षेपण पठाएको छ । पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.