सार्वजनिक विदामा व्यापक कटौतीको प्रस्ताव, चाडबाड विदा २१ दिन घट्ने

  २०७४ फागुन २६ गते ११:३५     विकासन्युज

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक विदामा व्यापक कटौतीको तयारी गरेको छ ।

गृह मन्त्रालयले हाल बार्षिक रुपमा दिइँदै आएको सार्वजनिक विदामा २१ दिन कटौती गर्ने योजना अघि सारेको हो ।

धेरै दिन सार्वजनिक विदा दिँदा सेवा प्रवाहमा असर परेको र देश विकासमै नकारात्मक प्रभाव परेको भन्दै मन्त्रालयले कटौती अभियान अघि सारेको हो ।

सरकारले हाल बर्षेनी औषत १०५ दिन विदा दिँदै आएको छ । त्यसमा २१ दिन कटौती गरेर ८४ दिनमा झार्न लागेको हो । गृहले प्रस्ताव तयार पारेर सरकार समक्ष पेश गरेपछि सरकारले २०७५ सालका लागि सार्वजनिक विदाहरु तोक्नेछ । निजी क्षेत्रले पनि अत्याधिक सार्वजनिक विदाले उत्पादकत्व घट्ने भन्दै त्यस्तो विदाहरु कटौती गर्न माग गर्दै आएको थियो ।

हालस सरकारले ५३ दिन चाडपर्व विदा र ५२ दिन शनिबारका लागि विदा दिँदै आएको छ । त्यस बाहेक सरकारले थप ५२ वटा शुक्रबारमा आधा छुट्टी दिने गरेको छ । गृहमन्त्रालयले चाडबाड विदालाई घटाएर ३२ मा झार्न लागेको हो । (अन्नपुर्ण पोष्टबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.