नेशनल बैंकिंग इन्स्टिच्यूटल डिजिटाईजेशन कन्फेरेन्स गर्ने

  २०७४ फागुन २१ गते २०:१५     विकासन्युज

काठमाडौं । नेशनल बैंकिंग इन्स्टिच्यूटले आगामी चैत्र २ गते काठमाण्डौँमा ‘डिजिटाईजेशन कन्फेरेन्स’ आयोजना गर्ने भएको छ । बदलिदो पारिस्थितिमा सूचना प्रबिधिले मारेको फड्को र नयाँ प्रबिधिले ल्याएका चुनौतिलाई बैंकिंग, टेलिकम, सरकारी निकाय र अरुसंग संस्थाहरुले आत्मसार गर्नुपर्ने देखिएको उक्त सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ ।

बैंकिंग, टेलिकम, इन्सुरेन्सलगायत विभिन्नसंग संस्थाहरुले प्रबिधिलाई आप्नाइ राणानितिक एवम दुर्गामी सोच लिनुपर्ने आवश्यकता देखिएको छ । यसै सन्दर्भमा डिजिटाईजेशन जस्तो प्रबिधिक बिषय र यसको परिस्थिति र प्रणालीलाई बुझ्न र यसबाट सम्पूर्ण आर्थिक क्षेत्र, उद्योगहरुलाई मध्यानजर राख्दै अन्तराष्ट्रिय अनुभव आदनप्रदान गर्ने उदेश्यले यो सम्मेलन सान्दर्भिक र समय सापेक्ष हुने आयोजकको विश्वास छ ।

सम्मेलनमा भारतको कोटप महिन्द्रा बैंकका प्रमुख डिजिटल अधिकारी दीपकशर्मा, आईसीआईसीआई बैंकका पूर्व डिजिटल चैनल एस्पर्ट राहुलजोशि र आरबीएल बैंकका क्यास म्यानेजमेन्ट एण्ड इलेक्ट्रोनिक बैंकिङ सोलुशनका प्रमुख राजेश लोहरीले कार्यपत्र प्रस्तुत गर्ने भएको छन् ।

यस सम्मेलनमा आर्यटी विभागका कर्मचारीहरुदेखि मार्केटिङ, अपरेशनमा काम गर्नेहरु सहभागि हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.