केवाइसी विवरण अद्यावधिक गर्न बैंकको ताकेता, विवरण नबुझाउनेको बैंक खाता रोक्का हुदै

  २०७४ फागुन ११ गते ११:०१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक नगर्नेको ग्राहकको खाता रोक्का गर्ने भएका छन्  ।नेपाल राष्ट्र बैंकले केवाइसी विवरण अद्यावधिक नगर्नेको खाता रोक्का गर्न निर्देशन दिएपछि बैंकहरुले प्रक्रिया अघि बढाएका हुन् ।

 

पटकपटक जानकारी गराउदा पनि विवरण नपाएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम सुचना प्रकाशित गरेर विवरण अद्यावधिक गर्न आउन भनेका छन् । बैंकले केवाइसी विवरण उपलब्ध गराउन खातावालसंग आग्रह गरेका छन् ।

सम्पत्ति शुद्धिकरण निवारण ऐन र नियमावली बमोजिम राष्ट्र बैंकले ग्राहकको केवाइसी विवरण राख्न गत साउनमा एकिकृत निर्देशन जारी गरेको थियो । राष्ट्र बैंकले पुनः निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले केवाइसी विवरण उपलब्ध गराउन ताकेता गर्न थालेका हुन् ।

सिद्धार्थ बैंक, मेगा बैंक, एभरेष्टलगायत सबै बैंकले केवाइसी विवरण अद्यावधिक गर्न आफना आग्रह गरेका छन् । समयमा केवाइसी विवरण उपलब्ध नगराउनेको खाता रोक्का गर्ने बैंकले जानकारी दिएका छन् ।

यस्तै बैंकहरुले एउटै प्रकृतिको एउटा भन्दा बढी खाता खोल्न र डेविट तथा क्रेडिट कार्डको प्रयोग गर्न नपाइने जानकारी गराएका छन् । एक भन्दा बढी खाता भए बन्द गर्न बैंकले आफना ग्राहकलाई अनुरोध समेत गरेका छन् । यस्ता खाता बन्द नभए बैंक तथा वित्तीय संस्थाले रोक्का गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.