एमाले-माओवादी मिलेपछि पुष्पलालका छोराले भने-‘म हर्षित छु’

  २०७४ फागुन ८ गते ९:५१     विकासन्युज

काठमाडौं । ‘मेरा स्व. बुवा पुष्पलालले २००६ सालमा स्थापना गर्नु भएको नेपाल कम्युनिष्ट पार्टी फेरी त्यहि स्वरुपमा आउँदा हर्षित छु’-यो भनाई हो कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका छोरा उमेशलाल श्रेष्ठको । पुष्पलाल र सहाना प्रधानका छोरा उमेशलालले आफ्नो फेसबुक मार्फत नेकपाको पुनस्थापनामा हर्ष व्यक्त गरेका हुन् ।

२००६ साल बैशाख १० गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी ५५ बर्षपछि पुनः एकताको चरणमा प्रवेश गरेको हो । २०१७ साल पुस १ गते राजा महेन्द्रले आरम्भ गरेको पञ्चायती शासनलाई हेर्ने दृष्टिकोणमा मतभेद उत्पन्न भएपछि २०१९ साल बैशाखमा कम्युनिष्ट पार्टी विभाजन भएको थियो ।

कम्युनिष्ट पार्टीका संस्थापकहरु सदस्यहरु पुष्पलाल, निरञ्जन गोविन्द वैद्य, मोतिदेवी, नर बहादुर कर्माचार्य र नारायण विलास जोशी थिए । २०१९ सालमा फुटको श्रृंखला आरम्भ भएको कम्युनिष्ट पार्टीमा त्यसपछि सैयौं फुट र जुटका श्रृंखलाहरु जारी रहे र सोमबारको एमाले र माओवादीबीचको एकता सबै भन्दा ठुलो घट्ना बन्न पुगेको छ ।

अब पुनः नेपालमा नेकपा पुनस्थापित भएको छ र उनीहरुले समाजवाद निर्माणको बाटोमा अघि बढ्ने उद्घोष गरेका छन् । पार्टी एकता सम्बन्धी दस्तावेजमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डका साथमा झलखनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र इश्वर पोखरेलले हस्ताक्षर गरेका छन् । त्यस्तै, माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ र राम बहादुर थापाले हस्ताक्षर गरेका छन् । अब पाँच बर्षका लागि स्थिर सरकार सञ्चालन हुने बाटो खुलेको छ ।

संयुक्त घोषणा पत्र मार्फत स्थिर सरकार, विकास र समृद्धिको नारा बाढेर निर्वाचन जितेका एमाले–माओवादीले नेकपाका रुपमा नागरिकका सपना पुरा गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.