महासंघका अध्यक्षमा पून: नरेश कटुवाल, उपाध्यक्षमा १३ जना चयन

  २०७४ फागुन ६ गते १४:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा पूनः नरेश कटुवाल चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महासंघको पहिलो महाधिवेशनले महासंघका वर्तमान अध्यक्ष कटुवाललाई निर्विरोध रुपमा पूनः अध्यक्षमा चयन गरेको हो ।

नयाँ कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा कुमार कार्की, प्रथम उपाध्यक्षमा नैनबहादुर पण्डित निर्विरोध रुपमा चयन भएका छन् । त्यस्तै, उपाध्यक्षहरुमा सरोजकुमार थापा, माधवप्रसाद खरेल, नरेन्द्र शाक्य, हेमबहादुर क्षेत्री, शशीभूमि श्रेष्ठ, रुक्मणी सेडाई, मनोजबाबु श्रेष्ठ, गोविन्द कार्की, नरेन्द्र गुप्ता, भिमभक्त श्रेष्ठ र युवराज न्यौपाने निर्विरोध रुपमा चयन भएका छन् ।  त्यस्तै महासविचमा टेकबहादुर शाक्य(अन्जन), उप-महासचिवमा बिजयकुमार महर्जन, हरिबहादुर गौतम र रीता पुरी लगायत ६३ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

महासंघका नवनिर्वाचित अध्यक्ष नरेश कटुवालले तत्काल व्यवसायीक मैत्री कर नीति ल्याउन राज्यसंग माग गरेका छन् । अध्यक्ष कटुवाले अब मझौला तथा निम्न व्यवसायीहरुको आवाजलाई पुरा गर्न महासंघले जस्तोसुकै परिस्थितिमा पनि पछि नपर्ने बताएका छन् ।

उनले सम्पूर्ण व्यवसायीहरु मर्यादीत र इमान्दारिताकासाथ राज्यको नीति नियममा रहि काम गर्न तयार रहेको बताउँदै भने,‘ व्यवसायीहरुले १२ घण्टा भन्दा बढि धुलो धुवा खाई दुःख पीडा सहेर राज्यलाई कर तिरेका छौं । तै पनि राज्यले कालोबजारी भन्नु हामीलाई सह्य छैन । आज सम्म राज्यले साना तथा मलौला व्यवसायीको आवाजलाई कुन्ठित गरेको छ उनले भने, हाम्रो सामु गहन जिम्मेवारी आएको छ ।’ यसलाई पूरा गरी छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्यस्तै काठमाडौं महानगरपालकिाको प्रमुख विद्या सुन्दर शाक्यले सरकार नीजि क्षेत्रको प्रतिष्पर्धी होइन अभिभावक भएको बताउँदै भने ‘काठमाडौं सुन्दर र शान्त स्मार्ट सिटि बन्दै छ । यसमा तपाईहरु विश्वस्त हुनुस् । नगरपालीकाले आगामी वर्षको नीति निर्माण र विकासका बारेमा कार्ययोजना बनाउने क्रममा छौं । यसमा व्यवसायीको समस्याहरुको पनि सल्लाह र सुझावको आवश्यक छ ।’ उनले थपे क्लिन द सिटि ग्रिन द सिटि भन्ने मुल नारा सहित सुन्दर काठमाडौं निर्माण अभियन हुँदैछ । यसमा व्यवसायीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.