६/६ महिनामा अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी गरिनुपर्छ–सृजल भट्टराई

  २०७४ फागुन ६ गते ११:४०     विकासन्युज

कृषि तथा पशुपालन क्षेत्रलाई योगदान पुर्याउने उद्देश्यले बिहीबारदेखि सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी राजधानीको भृकुटीमण्डपमा जारी छ । ठूला कृषि प्रदर्शनी मध्ये एक उक्त प्रदर्शनीबारे केन्द्रीत भइ आयोजक मिडिया स्पेश सोलुसन्स प्रालिको प्रबन्धक निर्देशक सृजल भट्टराईसँग गरेको कुराकानी

तपाईहरुले कृषि प्रदर्शनी राजधानीमा आयोजना गर्नु भयो । किसानहरु मेला हेर्न राजधानी आए ?
अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी भएकोले यो कार्यक्रम हामीले राजधानीमा आयोजना गरेका हौं । मेलामा किसानहरुको उत्साहजनक सहभागिता छ । बिहीबारदेखि शुरु भएको यस प्रदर्शनीमा ५० हजारभन्दा बढी किसानहरुलाई अवलोकन गराउने लक्ष्य लिएका छौं ।

सुरुवाती दिनमै ९ हजार जनाले मेलाको अवलोकन गरेका थिए । त्यसयता पनि राजधानीको विभिन्न स्थान, छिमेकी जिल्लाहरुबाट आउने अवलोकनकर्ताहरुको भिड लागेको छ । शुक्रबार मात्रै पनि सिन्धुपाल्चोकबाट ३५ जनको कृषक समूह आएका थिए । त्यसैगरी भक्तपुर, लगायतका जिल्लाहरुबाट विभिन्न कृषि सहकारीहरुमार्फत कृषक समूहहरु ल्याउन सफल भएका छौं । उहाँहरु सम्पूर्ण प्रदर्शनी अवलोकन गरेर उत्साहित देखिनु भयो ।

अन्तर्राष्ट्रिय प्रदर्शनी भन्नुभएको छ । प्रदर्शनीमा कुन–कुन मुलुकका कति स्टल सहभागि छन् ?
प्रदर्शनीमा १ सय २२ वटा स्टलहरु छन् । जसमा ५० वटा मुलुकबाहिरको छ भने ७२ ओटा स्वदेशी छन् । भारत, रशिया, स्पेन, यूएसए, चीन, ताइवान, मलेसिया, डेनमार्क, इटली, फ्रान्स लगायतका देशहरु सहभागि छन् ।

प्रदर्शनीमा अवलोकनकर्ताले के देख्न, जान्न पाएका छन् ?
विभिन्न सहकारी, एनजीओ तथा आईएनजीओहरुले कृषकहरुलाई नयाँ प्रविधि कसरी प्रयोग गर्ने, त्यसको महत्व के हो भन्ने विषयमा जानकारी गराइराखेका छन् । अवलोकनकर्ताहरुले आफ्नो गाँउमा कस्तो प्रविधि उपयुक्त हुन्छ भनेर हेर्नु पाएका छन् ।

दोस्रो कृषकहरुको लागि शुक्रबार बाख्रा पालन सम्बन्धि सेमिनार राखिएको थियो । शनिबार पोल्ट्री सम्बन्धि सेमिनार सञ्चालनमा छ । विशेष गरेर त्यस्ता सेमिनारमा सहभागि हुन कृषक/अवलोकन कर्ताहरुको भिड लागेको छ ।
दुई दिन हुने सेमिनारमा चार वटा सेसन सञ्चानल भएका छन् । जसमा शुक्रबार क्लाइमेट र एग्रीकल्चर, विकासको लागि बाख्रा पालन सम्बन्धि सेमिनार भएको थियो । शनिबार पोल्ट्री र कृषि क्षेत्रको नयाँ प्रविधि सम्बन्धमा सेमिनार सम्पन्न भयो । प्रत्येक सेमिनारमा करिब २ सय जनाको सहभागिता रहेको थियो।

प्रदर्शनीमा आएका अवलोकनकर्ता तथा ग्राहकहरुले केही न केही सिकेर जान सकोस् भन्ने हाम्रो उद्देश्य हो । हामीले प्रदर्शनी प्रवेश तथा सेमिनारको लागि कुनै पनि शुल्क लिएका छैनौं । सबै निशुल्क हो । हामीले प्रदर्शनीमा कृषक दाजुभाइहरुलाई सहज हुने धेरै कुरा राखेका छौं । विभिन्न मेसिन, फुड सेक्युरिटी, फुड प्याकेजिङ, ग्रीन ब्याडहरुको स्टलहरु राखेका छौं । कृषि तथा पशुपालन क्षेत्रका लागि राम्रो र सहज प्रविधिहरु राखिएको छ । प्रदर्शनीमा नआएकाहरुले ती सबैको जानकारी प्रप्त गर्नबाट बञ्चित हुनेछन् ।

प्रदर्शनीमा कतिदेखि कति मूल्यसम्मका सामाग्रीहरु राखिएको छ ?
४०/५० रुपैयाँ पर्ने सामानदेखि २० लाख रुपैयाँसम्मको ट्याक्टर राखिएको छ । प्रदर्शनीमा कम्पनीहरुका आआफ्नै छुट छ । यतिनै छुट भनिएको छैन । प्रर्दशनीबाट खरिद गर्ने तथा बुकिङ गर्नेहरुलाई पक्कै पनि केहीनकेही छुटको व्यवस्था छ ।

यस्ता प्रदशनीले समग्र कृषि क्षेत्रमा कस्तो सहयोग गर्ला ?
प्रदर्शनीमा दुधहरुको स्टोरेज युनिट, खाद्य सामाग्रीहरुलाई बिग्रिन नदिन डेभोर्ज राखेका छौं । गएको वर्ष पहिलो प्रदर्शनी भएको थियो । त्यसमा थुप्रै कृषक दाजुभाइले भाग लिनु भएका थिए । त्यस बेला हामीले गोष्ठिहरु राखेका थिएनौं । त्यसबेला रेफ्रिजेरेटर, स्टोरेजका सामाग्रीहरु किसान एक्लैले खरिद गर्न नसके पनि विभिन्न सहकारी, एनजीओ, आइएनजीओमार्फत खरिद गरेका थिए ।

एकै पटक धेरै गाँउलाई समेट्ने गरी ग्रीनहाउस, थोपा सिचाईका कामहरु भएका थिए । त्यसलाई नै आधार मानेर यो वर्ष पनि हामीले प्रदर्शनी गर्ने आँट गरेका हौं ।

सरकारको तर्फबाट कस्तो सहयोग भएको छ ?
सह आयोजकको रुपमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रहेको छ । त्यस्तै सहयोगिको रुपमा कृषि तथा खाद्य सुरक्षा परियोजना छ । उहाँहरुको सहयोग भनेको कुनैपनि सुरु गर्न लागेको कम्पनीलाई प्लेटफर्म दिने हो । हामीले उहाँहरुसँग धेरै पटक छलफल तथा वैठक बसेका छौं । सकरात्म रुपमा लिएका छन् । सहयोग पाइरहेका छौं ।

अझै पनि हाम्रो अपेक्षा के छ भने, कृषि मन्त्रालय तथा मातहतका निकायहरुबाट जसरी हामीले राजधानीमा प्रदर्शनीको आयोजना गरिरहेका छौं । गाँउ–गाँउबाट कृषक तथा कृषि सम्बन्धित सहकारी संस्थाहरुलाई ल्याउने वातावरण बनाइदिन पर्छ । सकेसम्म धेरै कृषि क्षेत्रमा लागेकाहरुलाई प्रदर्शनीमा भ्रमण गर्ने व्यवस्था मिलाउन आवश्यक छ ।

भावि योजना के छ ?
आगामी वर्ष काठमाडौंबाट बाहिर पूर्वदेखि पश्चिम महाकालीसम्म गर्ने योजना छ । किसान भएको स्थानमा पुग्ने छौं । ६/६ महिनाको अन्तरालमा गर्ने सोच छ । नेपालमा उत्पादन हुने खाद्य पदार्थदेखि लिएर नेपालमा जे–जे उत्पादन हुन्छ सबैलाई प्रर्दनीमा सहभागि गराउने लक्ष्य छ । त्यसलाई चिनाउनका साथै प्लेटफर्म बनाउन खोजिरहका हौं । आगामी प्रदर्शनीमा खाद्य, प्रविधि, मेसिनरी, डेरी सम्बन्धी, पोल्ट्री, लाइफस्टक, फ्लोराटेक लगायत विभिन्न पाटोलाई समेट्ने छौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.