१५ करोड खर्चेर विश्व बजारमा नेपाली पर्यटन गन्तव्यको प्रचार प्रसार

  २०७४ माघ ८ गते १८:०७     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डले १५ करोड रूपैयाँ खर्चेर विश्व बजारमा नेपाली पर्यटन गन्तव्यहरुको प्रचार प्रसार गरेको छ । बोर्डले गत आर्थिक बर्ष २०७३/०७४ मा १५ करोड ५८ लाख ६८ हाजार ३ सय खर्च गरी विश्व बजारमा नेपाली पर्यटन गन्तव्यहरुको प्रचार प्रसार गरेको हो ।

बोर्डले बीबीसी, सीएनएन र इनफ्लाइट म्यागेजिन लगायतका विश्व व्यापी पहुँच भएका सञ्चार माध्यम मार्फत पर्यटन क्षेत्रको प्रचार प्रसार गरेको हो । बीबीसीमा ३ करोड ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । सि एन एनमा ३ करोड ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । इनफ्लाइट म्यागयजिनमा ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो ।

उक्त विज्ञापनले नेपालको पर्यटकीय स्थलहरुको बारेमा विश्वासामु जानकारी पुर्याउने, विज्ञापनले नेपालको पर्याटक आगमनमा वृृद्घि गराउने भएको छ । साथै, भूकम्पबाट अस्तव्यस्त भएको नेपालको पर्यटन क्षेत्रलाई उत्थानका निम्ती सहयोग गर्ने र विश्वलाई जानकारी नभएको पर्यटकीय स्थलहरुको जानकारी समेत गराउने नेपाल टुरिजम बोर्डका अधिकृत सूदन सुवेदिले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.