रेनो एक्सपेरियन्स मेला सुरु, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध

  २०७४ माघ ७ गते २०:१०     विकासन्युज

काठमाडौं। नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रालि (विशाल समूहको सहायक कम्पनी)ले रेनो कार प्रेमीहरुका लागि माघ ७ गते(आज) देखि माघ १४ गतेसम्म नेपाल भर ‘रेनो एक्सपेरियन्स मेला’ सुरु गरेको छ ।

‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ भन्ने ट्यागलाईनका साथ अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर उक्त मेला आयोजना गरेएको कम्पनीको भनाइ छ ।

कम्पनीको अनुसार मेलामा पुरानो कार प्रयोगकर्ताले रेनोको नयाँ कार एक्सचेन्ज गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ । रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध हुनेछ ।

त्यस्तै एक्सचेन्ज अभियानअन्तर्गत ग्राहकलाई एक लाख रुपैयाँ बराबरसम्मको एक्स्चेन्ज बोनस, २ बर्षसम्मको लागी फ्री सर्भिसिङ्ग, एक बर्षको लागि बीमा, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मुल्याङ्कन र एक्सचेन्ज, नगद छुट लगायत अफर राखिएको जनाएको छ ।

मेलाले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द समेत प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले जाडो यामका लागि लक्षित गरि ल्याएको ‘रेनो सुप्पर हिट’ स्किम पनि अहिले सञ्चालन भइरहेकोे जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.