सिभिल बैंकको सेयर कारोबारमा चलखेल गरेपछि प्रज्ञान सेक्यूरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना

  २०७४ माघ ७ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिभिल बैंकको सेयर कारोबारमा चलखेल गरेको पुष्टि भएपछि धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्यूरिटिजलाई ७५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको छ ।

सेक्यूरिटिजको विराटनगर शाखा प्रमुखले सिभिल बैंकको साधारण सभा अगावै शेयर किन्नुहोस्, ४० प्रतिशत हकप्रद आउने भएको छ भन्दै भाइवर म्यासेजमा ग्रुप बनाएर जानकारी पठाएको बोर्डले उक्त सेक्यूरिटिजलाई सो मात्राको आर्थिक जरिवाना लगाएको हो ।

सेक्यूरिटिजको प्रमुखले गत जेठ ४ गते हुने सिभिल बैंकको साधारणसभा अघि बैंकको सेयर किन्नुहोस्, राम्रो फाईदा हुन्छ, फाईदा गराउने जिम्मा हाम्रो भन्ने आशयको भाइवर म्यासेज पठाएको बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त संस्थाले आफ्नो शाखा कार्यालयको काम कारवाहीलाई सूक्ष्म रुपमा अनुगमन नगरी व्यवसायिक आचरण कायम गराउन नसकेको र संस्थाले व्यवसायिक स्तर कायम गरेको नदेखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम बोर्डले यस सेक्यूरिटिजलाई जरिवाना लगाएको विज्ञप्तिमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.