पैसा जम्मा गर्न खाता भएकै बैंक जानुपर्ने वाध्यता सकियो

  २०७४ माघ ७ गते १४:२५     विकासन्युज

काठमाडौं । के तपाईको खाता भएको बैंक टाढा छ ? खातामा रकम जम्मा गर्न जान समय लाग्ने गरेको छ ? अब चिन्ता नलिनुस, तपाईले आफुलाई पायक पर्ने जुनसुकै बैंकको शाखा कार्यलयबाट रकम जम्मा गर्न पाउनु हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट पैसा जम्मा गर्न पाउने नीतिगत निर्णय गरेको छ । राष्ट्र बैंकले यसलाई कार्यन्वयनमा ल्याउने निर्णय गरेको सहायक प्रवत्ता राजेन्द्र पण्डितले बताए । यो व्यवस्था कार्यन्वयन गराउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

आफुलाई पायक पर्ने ठाउँमा भएको बैंक तथा वित्तीय संस्थाका शाखाबाट रकम जम्मा गर्दा समयको वचत हुने छ भने सम्बन्धित बैंकमा पुग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । सम्बन्धित बैंकको खाता नम्बरबाट आफुलाई पायक पर्ने ठाउँमा रहेको जुनसुकै बैंकको शाखाबाट रकम जम्मा गर्न सकिने छ । अब ग्राहकले खाता भएको बैंकमा पुग्नुपर्ने झन्झटको अन्त्य भएको छ ।

जस्तो एनएमबी बैंकमा खाता हुनेले सानिमा बैंकबाट जम्मा गर्न सक्ने छ । खाता नम्बर एनएमबीको राख्नुपर्ने छ । शुल्क तिरेर हाल जुनसुकै बैंकको एटीएमबाट भुक्तानी लिन सक्ने व्यवस्था रहेकोमा रकम जम्मा गर्न बैंकमा नपुग्दा पनि हुने व्यवस्था कार्यन्वयनमा आउन लागेको हो ।यस्तै केन्द्रीय बैंकले ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.