जस्तो कम्पनी उस्तै नेतृत्व, यौन प्रकरणमा कुमारी बैंकबाट हटाइएका सीईओ युनाईटेड इन्स्योरेन्सको अध्यक्ष

  २०७४ माघ ७ गते ८:३०     विकासन्युज

काठमाडौं । खराव व्यक्तिगत आचरण र असामाजिक कार्य गरेपछि कुमारी बैंकले तीन वर्षअघि हटाएको तत्कालिन प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायलार्इ यूनाईटेड इन्स्योरेन्स कम्पनीले अध्यक्ष बनाएकाे छ ।

२०७१ साल ११ फागुनमा कोटेश्वरको आशियाना रेष्टुरेन्टमा यौनक्रिडा गर्दै गर्दा उपाध्यायलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनलार्इ प्रहरीले दिनसम्म प्रहरी कार्यलय तिनकुने थुनेकाे थियाे ।   प्रहरीले उनीमाथि सामाजिक अपराध सम्बन्धि मुद्दा समेत चलाएको थियो ।

उक्त घट्नाले त्यतिबेला सबै बैंकका सीईओहरुले प्रतिष्ठाको ‘नाक काटिएको’ महसुस गरेका थिए । नेपाली समाजमा सबैभन्दा बढी पारिश्रमिक लिने भनेर चिनिएका बैंकका सीईओहरु मध्ये एक सीर्इअाेलार्इ प्रहरीले दिउँसै यौन धन्दामा लागेको भेट्टाएपछि सामाजिक रुपमा उनको बेइजत भएको थियो ।

उपाध्यायको व्यक्तिगत बेइजतिसँगै बैंकको प्रतिष्ठामा पनि दाग लागेपछि बैंकले प्रमुख कार्यकारी अधिकृतबाट उपाध्यायलाई तत्काल निलम्बन गरेको थियो । तारेकमा छुटेलगत्तै उपाध्यायले कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए ।

कुमारी बैंकबाट राजीनामा गरेपछि करिव तीन वर्ष गुमनाम भएको उपाध्याय युनाईटेड इन्स्योरेन्सको अध्यक्ष भएपछि चर्चामा आएका छन् । यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत शेखर बराल पनि बैंकिङ कसुर लगायत विभिन्न मुद्दा झेल्दै आएका छन् ।

संस्थागत सुशासन ज्यादै कमजोर भएको र प्रवद्र्धकहरुको थिचोमिचोले घाटामा चलिरहेको यूनाईटेड इन्स्योरेन्सले नैतिकता र सामाजिक मर्यादा पतन भएको व्यक्तिलाई अध्यक्ष बनाउँदा यो कम्पनीको इमेजमा अर्को धक्का सेयरधनीहरू बताँउछन् । सर्वसाधारण मानिसहरु पनि सेयरधनी रहेको यो संस्थामा सानालाई ऐन र ठूलालाई चैन चलिरहेको उनीहरूकाे बुझाइ रहेकाे छ ।

यो कम्पनी हाल नोक्सानमा चलिरहेको छ । असोज मसान्तसम्ममा कम्पनी ६ करोड ९४ लाख रुपैयाँ संचित नोक्सानीमा छ । ३० करोड चुक्ता पुँजी भएको यो कम्पनीलाई २०७५ असार मसान्तसम्म १०० करोड रुपैयाँ पुर्याउनु पर्ने बाध्यता छ ।

करिव ७ करोड रुपैयाँ नोक्सान भएको यस कम्पनीले नाफा आर्जन गरेर बोनस सेयर जारी गरी पुँजी वृद्धि गर्ने सम्भावना देखिदैन । हकप्रद सेयर निष्काशन गर्दा बिक्री नहुने डरमा कम्पनी गुज्रिरहेको छ । कम्पनीले गत पुस २६ गते साधारणसभा गर्दा हकप्रद सेयर निष्काशन गर्ने प्र्र्रस्ताव साधारणसभामा लैजान पनि सकेन ।

कम्पनीको व्यवसाय खस्कदै गएको छ भने ब्राण्ड इमेज विग्रिएको छ । सबैतिर अस्तव्यवस्था भएपछि र ब्राण्ड इमेज खत्तम भएपछि उक्त कम्पनीबाट पुराना र राम्रा कर्मचारीहरूले भटाभट छोडिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.