तल्लोअरुण जलविदुयत आयोजनाको काम अघि बढ्यो, वातावरणीय प्रभाव अध्ययन हुदै

  २०७४ माघ ४ गते १५:०३     खेमराज श्रेष्ठ

काठमाडौं । सरकारले ६७९ मेगावाट क्षमताको तल्लोअरुण जलविदुयत आयोजना निर्माण गर्ने भएको छ । ब्राजिलको ब्रास पावरको अनुमतिपत्र (लाइसेन्स) रद्ध गरेपछि ऊर्जा मन्त्रालयले आयोजनाको काम अघि बढाउन लागेको हो ।

आयोजनाको संभाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याँङकनको कामका लागि ऊर्जाले जर्मनको फिस्नर जीएमबीएच एन्ड कम्पनी केजी र नेपालको सिल्ट कन्सलट्यान्ट प्रालिलाई जिम्मा दिएको छ ।

परामर्शदाता कम्पनीले अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) अध्ययनका लागि क्षेत्र निर्धारणको काम थालेका छन् । दुई जिल्लाका २ नगरपालिका र ४ गाउँपालिका बढी प्रभावित हुने भएका छन् ।

संखुवासभा र भोजपुर जिल्लाका गाउँपालिका र नगरपालिकाहरु प्रभावित हुने भएका छन् । प्रभावित हुने क्षेत्रहरुमा संखुवासभा जिल्लाको मकालु गाउँपालिका, सिलीचोङ गाउँपालिका, चिचीला गाउँपालिका, र खाँदबारी नगरपालिका रहेका छन् ।

यसैगरी भोजपुर जिल्लाको साल्पासिलीछो गाउँपालिका, र षडानन्द नगरपालिका रहेका छन् । सुचना प्रकाशित भएको १५ दिनभित्र विभागको ठेगानामा लिखित राय तथा सुझाव पठाउन विभागले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।
यस्तो बन्नेछ, आयोजना

प्रदेश नं. १ को संखुवासभा र भोजपुर जिल्ला भएर बग्ने तल्लो अरुण जलविदुयत आयोजनाको क्षमता ६७९ मेगावाट रहेको छ । यस आयोजनाको ८० मिटर अग्लो बाँध चिचीला गाउँपालिको वडा नं. २ तथा सिलीचोङ गाउँपालिका वडा नं ५ मा रहि, १३ किलोमिटर लामो सुरुङबाट खाँदबारी नगरपालिकामा अवस्थित भुमिगत विदुयत गृह हुदैं टेलरेसको टनेलको माध्मबाट अरुण नदिमा पुनः खसालिने छ ।

आयोजनाको बाँध रहेको स्थान समुन्द्री सतहदेखी ५३२ मिटर र विदुयतगृह रहेको स्थान समुद्री सतहदेखी ३०५ मिटर उचाईमा रहने छ । आयोजना आर्थिक रुपमा आर्कषक देखिएको प्रारम्भीक अध्ययनले देखाएको छ ।

सोही आयोजना भन्दा केही माथि भारतको एसजेवियन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाकोको काम सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.