विश्व बैंकलाई हस्तकलामा लागानी गर्न उद्योगमन्त्रीको आग्रह

  २०७४ पुष ३० गते २०:२३     विकासन्युज

काठमाडौं। उद्योगमन्त्री सुनिलबहादुर थापाले ग्रामिण क्षेत्रमा सहयोग पुग्ने गरी हस्तकला क्षेत्रमा लगानी गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । गरिबी निवारण कोषको आयोजनामा राजधानीमा तीन दिनसम्म सञ्चालन भएको दक्षिण एसियाली हस्तकला महोत्सवको आइतबार भएको समापन कार्यक्रममा बोल्दै उनले नेपालको ग्रामिण क्षेत्रको लागि हस्तकला सम्बन्धी कार्यक्रमहरुमा लगानी गर्न बैंकलाई अग्रह गरेका हुन् । साथै उनले हालको कार्यक्रमहरुलाई समेत जारी राख्न पर्ने धारणा व्यक्त गरे । ‘समाजको दिगो विकासको लागि ग्रामिण क्षेत्रमा हस्तकलाको विकास हुन आवश्यक छ,’ उनले भने ‘हस्तकलाकोे विकासले गरिबी न्यूनिकरणमा सहयोग पुग्नका साथै मुलुकको व्यापार घाटा घटाउन समेत टेवा मिल्नेछ ।’ नेपाली कालिगढहरुले उत्पादन गरेको  ‘नेपाल को’ ब्राण्डलाई अझ निर्यातमूखी बनाउदै लान पर्ने उनको जोड छ ।

कार्यक्रममा वाणिज्य मन्त्रालयको सचिव चन्द्रकुमार घिमिरेले गरिबी न्यूनिकरण, दिगो विकास लगयतलाई हस्तकलाले सहयोग गर्ने बताए । ‘सरकारले पछिल्लो समय स्वदेशी उत्पादनलाई अघि बढाउन एकीकृत व्यापार रणनीति (एनटीआईएस) ल्याएको छ,’ उनले भने ‘त्यसले हस्तकला तथा हस्तकलाका उद्योगी कालिगढहरुलाई सहयोग पुग्नेछ ।’

त्यस्तै हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले महोत्सव उपलब्धिमुलक भएको बताए । महोत्सव अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको लागि सुरुवाती खुड्कीलो भएको उनको बुझाइ छ । अझै गर्न पर्ने धेरै रहेको उनले बताए ।

महोत्सवमा नेपालका एक सयभन्दा बढी कालिगढसहित भारतीय र पाकिस्तानी कालीगढहरूले बनाएका हस्तकलाहरू प्रदर्शन भएको थियो । साथै महोत्सवमा हस्तकला सम्बन्धी क्षेत्रीय चुनौती र सिकाईबारे समेत छलफल, एकआपसका अनुभवहरु आदानप्रदान गरिएको आयोजकको भनाइ छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.