सिन्धुपाल्चोकको जोखिमयुक्त वस्ती सार्न सुरु

  २०७४ पुष २६ गते १८:१४     विकासन्युज

कागमाडौं । २०७२ सालको भूकम्पका कारण अत्यधिक मानवीय तथा भौतिक क्षति पुगेको सिन्धुपाल्चोकमा जोखिमयुक्त वस्ती सार्न शुरु गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा जिल्लामा पहिलो पटक १८ जना लाभग्राहीका लागि दुई लाख रुपैया अनुदान उपलब्ध गराइ सुरक्षित स्थानमा घडेरी खरिद गरिएको जनाइएको छ ।
प्राधिकरणको अगुवाई र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जोखिमयुक्त वस्तीको रुपमा पहिचान भएको साविकको गाती गाविसका १८ घरधुरी परिवारलाई बाह्रबिसे नगरपालिका वडा नम्वर ३ मा स्थानान्तरण गर्ने प्रयोजनका लागि जग्गा व्यवस्थापन गरिएको हो ।

सरकारले दिएको प्रतिपरिवार दुई लाख अनुदानमा लाभग्राहीले रकम थप गरि कम्तीमा साढे दुई आनादेखी ८ आनासम्म घडेरी खरिद गरेका छन् । जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा किन्न प्रतिघरपरिवार दुई लाख रुपैया सरकारले अनुदान दिदै आएको छ । उनीहरुले निजी आवास पुनर्निर्माणमा थप ३ लाख रुपैया पाउने व्यवस्था समेत गरिएको जनाइएको छ ।

जोखिमयुक्त लाभग्राहीका रुपमा पहिचान भएका उनीहरुलाई १० बर्षसम्म खरिद गरेको घडेरी बेचबिखन गर्न नपाईने र तीन महिनाभित्र भूकम्प प्रतिरोधी मापदण्ड अनुसार घर पुनर्निर्माण गर्ने शर्तमा सरकारी अुनदान दिएर जग्गा हस्तान्तरण गरिएको प्राधिरणका सचिव मधुसुदन अधिकारीले जानकारी दिएका छन् । जोखिमयुक्त बस्ती स्थानान्तरणको प्रक्रियालाई अघि बढाउन प्राधिकरणका सचिव अधिकारीसहितको टोली केही दिनअघिदेखि सिन्धुपाल्चोकमा खटिएको थियो । त्यस्तै प्राधिकरणको पहलमा यसअघि नुवाकोट, धादिङ, रसुवामा पनि जोखिमयुक्त वस्तीका लाभग्राहीलाई सुरक्षित स्थानमा सार्न जग्गा व्यवस्थापन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.