प्रिमियर इन्स्योरेन्सले १३.५२% बोनस र ३६ लाख नगद लाभांश दिने, एफपीओ किन्नेले पनि पाउने

  २०७४ पुष २५ गते १४:५३     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १३.५२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ३६ लाख ५९ हजार ७४९ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय सोमबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

कम्पनीले एफपीओ जारी पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश दिने भएको छ । एफपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । सोही पुँजीमा १३.५२ प्रतिशत बोनस सेयर वितरणा पछि कम्पनीको पुँजी ५८ करोड ४० लाख रुपैयाँ नाघ्ने छ ।

साथै, हालै इन्स्योरेन्सले जारी गरेको एफपीओ किन्नेले पनि सो मात्राको लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.