सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ पुनरागमन, विगतकाे द्वन्द्व विर्सेर सहकार्य गर्ने प्रतिवद्धता

  २०७४ पुष ७ गते १२:०५     विकासन्युज

काठमाडाैं । सिभिल बैंक लिमिटेडका अध्यक्ष ई. इच्छाराज तामाङ्गले पदभार समालेका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालसँग बैंकका नवनियूक्त अध्यक्षले सपथ ग्रहण गरेका हुन् । पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले तामाङ्गलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

तामाङ्ग सो बैंकका संस्थापक अध्यक्ष हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (वाफिया) ले प्रतिनिधिसभा सदस्य बैंकको अध्यक्ष बन्न नपाउने व्यवस्था गरेपछि केही महिना अघि मात्र तामाङ्गले पदबाट राजीनामा दिएका थिए । वाफिया बनाउने क्रममा सभासद्हरु बैंकको सञ्चालक बन्न पाउने कि नपाउने भन्ने विषयमा गभर्नर नेपाल र सभासद् इच्छाराज तामाङबीच नीतिगत विवाद भएको थियो ।

अन्तत उक्त विवादमा गभर्नर नेपाललाई सफलता मिलेको थियो । उक्त विवादलाई विर्सदै सपथग्रहण कार्यक्रममा आपसमा सहयोग गर्ने भनाई दुबैले व्यक्त गरेका राष्ट बैंक स्राेतले बतायाे । सभासद्को कार्यकाल सकिएपछि तामाङ्गलाई बैंक अध्यक्ष बन्न बाटो खुला भएको थियो ।

मंसिर २२ गतेदेखि शेयरधनीहरुलाई ४० प्रतिशत हकप्रद शेयरको निस्कासन गरेको यस बैंकले हकप्रद शेयर वितरण पश्चात बैंकको पुँजी कोषमा रहेको रकम र गत आ.व.को नाफाबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रूपैयाँ पुर्याउने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.