पूर्व अध्यक्षहरुको सक्रियताले महासंघमा तरंग

  २०७४ पुष २ गते १२:४४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका केहि पूर्व अध्यक्षहरुको सक्रियताले महासंघभित्र तरंग उत्पन्न गरेको छ । महासंघका पूर्व अध्यक्षहरुले ‘नेपाल उद्योग बाणिज्य महासंघ पूर्व अध्यक्ष परिषद’ गठन गरेर एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन् ।

एमाले अध्यक्ष ओलीलाई भेट्न नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्य ज्योति, प्रदिपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोद बहादुर श्रेष्ठ, कुशकुमार जोशी र सुरज वैद्य पुगेका थिए । महासंघकै पूर्व अध्यक्षहरु चण्डीराज ढकाल, प्रदिपजंग पाण्डे र निवर्तमान अध्यक्ष पशुपति मुरारका भने पुर्व अध्यक्ष परिषदमा सहभागी छैनन् ।

पुर्व अध्यक्ष परिषदले ओलीलाई भेट्नु अघिल्लो दिन अर्थात मंसिर २७ गते नै महासंघको वर्तमान नेतृत्वले ओलीलाई भेटेर बधाई दिएको थियो । पूर्व अध्यक्षहरुले परिषद गठन गरेर भेटघाट तिब्र बनाएपछि महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले समेत फेसबुक मार्फत असन्तुष्ठि व्यक्त गरेका छन् ।

उनले ठुला भनिएका सबै तप्काका मानिसहरु ठुला बाम नेतासँग तस्विर खिचाउन व्यस्त छन अवसरवादीहरु भन्दै टिप्पणी गरेका छन् । अर्का युवा उद्यमी प्रतापजंग पाण्डेले पनि फेसबुकमा पूर्व अध्यक्ष परिषदको औचित्यमाथी प्रश्न उठाउँदै भजन भण्डलीको आरोप लगाएका छन् । उनले आफ्ना पिता प्रदिपजंग पाण्डे भने पुर्व अध्यक्ष परिषदमा नरहेको स्पष्टिकरण समेत दिएका छन् ।

पुर्व अध्यक्ष परिषदमा सहभागी अधिकांश पूर्व अध्यक्षहरु महासंघको वर्तमान नेतृत्वसँग असन्तुष्ठ रहेका छन् । उनीहरुले महासंघको नेतृत्वलाई देखाई दिने उदेश्यसहित परिषद खडा गरेको आरोप लागेको छ । महासंघको वर्तमान नेतृत्वले भने पूर्व अध्यक्षहरुले परिषद गठन गरेर समानान्तर गतिबिधी अघि बढाउँदा महासंघ छायामा पर्ने भन्दै असन्तुष्ठि व्यक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.