समानुपातिकमा एमाले र काँग्रेसको कडा टक्कर, कुन दलले कति पाए(सूचिसहित)

  २०७४ मंसिर २५ गते ११:०४     विकासन्युज

काठमाडौं । प्रत्यक्ष तर्फ करिब ५० प्रतिशत सिट जितेको नेकपा(एमाले) समानुपातिक तर्फ पनि पहिलो स्थानमा देखिएको छ । समानुपातिक तर्फको प्रारम्भिक मतगणना अनुसार एमाले ३ लाख ४१ हजार ६ सय ३२ मत सहित पहिलो स्थानमा छ ।

एमालेलाई पछ्याईरहेको काँग्रेसको समानुपातिक मत ३ लाख ३८ हजार १ सय ९१ रहेको छ । निर्वाचन आयोगले सोमबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार समानुपातिक तर्फ काँग्रेस भन्दा एमाले जम्मा ४ हजार ४ सय ४१ मतले मात्रै अघि रहेको छ ।  तेश्रो स्थानमा रहेको माओवादी केन्द्रको मत भने १ लाख ६८ हजार ९ सय ६३ रहेको छ ।

राष्ट्रिय जनता पार्र्टी नेपालले २४ हजार ९ सय ९ मत पाएको छ भने विवेकशिल साझा पार्टीले १७ हजार १ सय ५१ मत प्राप्त गरेको छ । त्यस्तै, राप्रपाले १४ हजार ६ सय २, संघिय समाजवादी फोरमले १४ हजार १ सय ३८, नयाँ शक्ति पार्टी नेपालले १२ हजार ५ सय ९९, राप्रपा प्रजातान्त्रिक ७ हजार ४ सय ६१ मत र अन्य राजनीतिक दलहरुको २१ हजार ३ सय ५८ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.