मूल्यवृद्धि ३ प्रतिशत, सबैभन्दा कम काठमाडौंमा

  २०७४ मंसिर ३ गते १६:२४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको त्रैमाशमा उपभोक्ता मूल्य वृद्धि दर ३ प्रतिशत हारहारीमा रहेको छ ।गत वर्ष मूल्यवृद्धि ६.७ प्रतिशत थियो । गत वर्षको आधारमूल्य उच्च रहेको कारण समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो ।

खाद्य मुद्रास्फीति समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.५ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ५.७ प्रतिशत थियो । गत वर्षको तुलनामा यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २२.९, मसलाको मूल्यमा ५.७, तरकारीको मूल्यमा ५.१ र फलफूलको मूल्यमा ३.७ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून भएको हो ।

समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.२ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ७.६ प्रतिशत थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ्ग तथा युटिलिटी लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.१, तराईमा ३.६, पहाडमा ३ र काठमाडौं उपत्यकामा २.३ प्रतिशत छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.