गरिमा विकास बैंकले १५ प्रतिशत बोनस दिने

  २०७४ मंसिर ३ गते १३:४०     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले गत वर्षको आर्थिक मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.