लुम्बिनी जनरल इन्स्योरेन्सले १० करोड बोनस दिने, पुँजी ८८ करोड नाघ्ने

  २०७४ मंसिर ३ गते १३:१४     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले आफ्ना सेयरधनीलाई १० करोड रुपैयाँ बराबर(अर्थात १२.८२ प्रतिशत)को बोनस सेयर वितरण गर्ने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ०.६७ प्रतिशत (अर्थात ५२ लाख ६३ करोड १५८ रुपैयाँ बराबरको) नगद लभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय मंसिर १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय बीमा समितिबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

कम्पनीले चुक्ता गत बर्षको मुनाफा र चालु आवमा हकप्रद सेयर बाँडफाँड पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश वितरण गर्न लागेको हो । बाँडफाँड भएको हकप्रद सेयर(३९ करोड रुपैयाँ) पश्चात कम्पनीको पुँजी ७८ करोड रुपैयाँ पुगेको छ । उक्त पुँजीमा १२.८२ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ८८ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.