नेपाल बंगलादेश बैंकमा चुनाव लाग्यो, ७ जनाको उम्मेदवारी दर्ता

  २०७४ मंसिर २ गते १०:३०     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडका सेयरधनीलाई चुनाव लागेको छ । यस बैंकमा ६ जना सञ्चालकको लागि मंसिर ३ गते निर्वाचन हुँदैछ ।

संस्थापक सेयरधनी समूहबाट आईएफआईसी बैंक, बंगलादेशबाट तीन जना आउने भएका छन् । यस बैंकमा आईएफआईसीको ४१ प्रतिशत सेयर छ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकका लागि सर्वसहमति भएको निर्वाचन अधिकृत बालकृष्ण ढकालले जानकारी दिए । तीन पदका लागि तीन जनाको मात्र उम्मेदवारी परेको छ ।

संस्थापकबाट जलान अहमेद, एम शाह अलाम सरवार र मोनिरुल स्लाम सञ्चालन हुने भएका छन् । । उनीहरु वहालवाला सञ्लालक पनि छन् र तीनै जना बंगाली हुन् ।

नेपाली संस्थापक सेयरधनीतर्फ यस बैंकमा एनबी समूहको करिव ७ प्रतिशत र विष्णु अधिकारीको करिब ३ प्रतिशत सेयर छ । करिव १० प्रतिशत सेयर नेपाली प्रमोटरको भए पनि उनीहरुको उम्मेदवारी परेन । अहिलेको सेयर संरचना यथावत रहेमा बंगलादेशी लगानीकर्ताको विश्वास नजितेसम्म नेपाली संस्थापक सेयरधनी यस बैंकको सञ्चालक बन्न सक्ने अवस्था देखिदैन ।

सर्वसाधारणतर्फबाट प्रतिनिधित्व गर्ने तीन सञ्चालक पदका लागि ४ जनाले उम्मेदवारी दिएको ढकालले जानकारी दिए । यसमा वहालवाला सञ्चालकहरु दीपक कार्की र मुकुन्दनाथ ढुंगेल पुनः प्रतिस्पर्धा गर्दैछन् । त्यसबाहेक इन्द्रबहादुर थापा र हेमन्त बस्याल संचालक बन्ने दौडामा छन् ।

सबै उम्मेदवारहरुले आफूले ३० लाख भन्दा बढी प्रोक्सी संकलन गरेको दावी गरेको छन् । यस बैंकका हाल करिव ३ लाख ४५ हजार कित्ता साधारण सेयर रहेको छ । आगामी साधारणसभामा बैंकले १२ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । उक्ता बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८ रुपैयाँ हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.