डाबर नेपालले सुरु गर्‍यो ‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’, विद्यार्थीको आन्तरिक शक्ति मापन गरिने

  २०७४ कार्तिक २९ गते १८:१९     विकासन्युज

काठमाडौं । डाबर नेपाल प्रालिको ‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’ आजबाट सुरू भएको छ । यो कार्यक्रम अन्तर्गत डाबरले विद्यार्थीका आन्तरिक शक्ती मापन गर्नेछ ।

जाडोको मौसमलाई लक्षित गरी सुरू गरिएको यो कार्यक्रममा डाबरले देशभरिका ८० भन्दा बढी विद्यालयहरूमा गएर आन्तरिक शक्ति, यसको आवश्यकता र विशेषता, आदिका बारेमा जानकारी प्रदान गर्न कार्यक्रम आयोजना गरेको हो ।

काठमाडौँको पूर्वीय र भक्तपुर क्षेत्र, काठमाडौँको पश्चिमी क्षेत्र, र ललितपुरका साथै उपत्यकाबाहिर चितवन र पोखराका विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ । यो कार्यक्रमबाट डाबर च्यवनप्राशले जाडो महिनामा आन्तरिक शक्ति वा इम्युनिटिको आवश्यकताको सन्देश प्रवाह गर्दै छ ।

कम्पनीका अनुसार यो कार्यक्रम करिब २ महिनासम्म चल्नेछ । यो कार्यक्रमको स्वास्थ्य संस्था पार्टनर वयोधा अस्पतालसँगको सहकार्यमा डाबर नेपालले प्रत्येक विद्यालयमा कक्षा ३ देखि कक्षा ८ सम्मकाविद्यार्थीहरूको उचाइ तथा वजनमापन गरी बडी मास इन्डेक्स (बि.एम.आइ.) नापिनेछ । त्यसै गरी शौचालय, खाजा र खानेपानीको व्यवस्थाका बारेमा पनि जानकारी लिइनेछ । यसैबाट नै प्रत्येक क्षेत्रबाट २ विद्यालयलाई विजेता घोषणा गरी समग्रमा १० विद्यालय विजयी हुनेछन् ।

यही कार्यक्रमबाट प्रयोग गर्ने सकिने न्यानो लुगाहरू पनि सङ्कलन गर्ने कम्पनीको योजना छ । सङ्कलन गरिएको सङ्ख्या थप नयाँ लुगाहरू थप गरी डाबर नेपालले सि.एन.एन. सुपर हिरो पुष्पा बस्नेतको संस्था अर्लि चाइल्डहुड डेभलपमेन्ट सेन्टरलार्ई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

डाबर नेपालमा मार्के्टिङ प्रमुखश्री अभय प्रसाद गोरखालीले भने, ‘गतवर्ष हामीले काठमाडौँ उपत्यकाका ३१ विद्यालयहरूमा १३ हजारभन्दा बढी विद्यार्थीहरूमाझ यो कार्यक्रम लगेका थियौँ । विगतको अत्यन्तै राम्रो माग र प्रतिक्रियाले यो वर्ष हामीलाई झन् धेरै विद्यार्थीहरूसँग अन्तरक्रियागर्ने हौसलादिएको हो । मलाई आशा छ – यो वर्ष पनिहामीले आन्तरिक शक्तिको महत्वकाबारेमाविद्यालय र विद्यार्थीहरूलाई राम्रो ज्ञान दिन सक्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.