हुवावेले नेपाली बजारमा भित्र्यायो ४ वटा क्यामरा भएको नोवा आई टू, मूल्य ३३ हजार ९ सय रुपैयाँ

  २०७४ कार्तिक २९ गते १७:११     विकासन्युज

काठमाडौं । हुवावेले बहुप्रतिक्षित नयाँ फोन नोवा आई टू नेपाली बजारमा भित्र्याएको छ । हुवावेले बुधबार नोवा आई टू सार्वजनिक गरेको हो  ।यसको बजार मूल्य ३३ हजार ९ सय रुपैयाँ रहेको छ ।

यसै सातादेखि नेपाली बजारमा उपलब्ध हुन गइरहेको नोभा २ आई ग्राफिट ब्ल्याक तथा प्रेस्टिजिएस गोल्ड गरी दुई वटा कलरहरुमा उपलब्ध छ । गत अक्टोबरमा भारतमा सार्वजनिक भएको थियो ।

यो स्मार्टफोनको ब्याट्री क्षमता ३३४० एमएच रहेको छ । यो मोबाइलको ५.५० ईञ्चको स्क्रिन साइज रहेको छ । कम्पनीका अनुसार यसको रिजोलूशन १०८०*२१६० पिक्सल रहेको छ ।

यो स्मार्टफोन १.७ गीगाहर्ज अक्टा(कोर प्रोसेसरको हाइसिलिकन किरिन ६५९ मोडलमा आधारित छ । यसको आन्तरिक स्टोरेज ६४ जिबिको छ भने ४ जिबिको र्‍याम रहेको छ । यसको स्टोरेजलाई २५६ जिबिसम्म बढाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

१६ मेगापिक्सलको रियर क्यामरा रहेको यो मोबाइलको फ्रन्ट क्यामरा ९सेल्फि क्यामरा० १३ मेगापिक्सलको रहेको छ । यो एन्ड्रोइन ७.० भर्सनको अपरेटिङ सिस्टमबाट सञ्चालित छ ।

१५६.२०*७५*७.५० (लम्बाई, चौडाई र मोटाई) नापको यो मोबाइलको तौल १६४ ग्राम रहेको छ । कम्पनीले मूल्यबारे भने खुलाएको छैन । हुवावे एक चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हो । हुवावे विश्वकै तेस्रो ठुलो मोबाइल कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.