भोजपुरे नागरिकको चासो विकास र समृद्धिः राजेन्द्र राई

  २०७४ कार्तिक २७ गते १६:५९     विकासन्युज

काठमाडौं । बाम गठबन्धनका तर्फबाट भोजपुर जिल्लाको प्रदेश सभा १ मा उम्मेदवार छन् एमाले केन्द्रिय सदस्य राजेन्द्र कुमार राई । विद्यार्थी राजनीतिबाट उदाएका राईलाई एमाले वृत्तमा बौद्धिक व्यक्तित्वका रुपमा हेरिन्छ भने भोजपुरमा उनी विकास प्रेमी नेताका छविमा स्थापित छन् ।

खेलकुदका गतिबिधी मार्फत राई युवा पुस्तामाझ लोकप्रिय बनेका छन् । पाको पुस्ताले उनलाई भरोसा योग्य उदियमान नेताका रुपमा लिने गरेको छ । यतिबेला राई प्रदेश सभा क्षेत्र नम्बर १ मा पर्ने गाउँ बस्तीमा आफ्ना प्रतिवद्धता पत्रसहित मतदाता भेटघाटका काममा व्यस्त छन् । नागरिकको रोजाई के पाउनु भयो त ? भन्ने विकासन्युजको प्रश्नमा राईले जवाफ दिए–‘भोजपुरका नागरिकले विकास खोजेका छन्, रोजगारी खोजेको छन अनि समृद्धि खोजेका छन्, नागरिकका तिनै आकांक्षा पुरा गर्नेे प्रतिवद्धता गरिरहेको छु ।’

उनले विगतमा निर्वाचित भएर गएपछि सांसदहरुले पुर्व प्रतिवद्धता अनुसार काम नगरेकोमा नागरिकहरु रुष्ट देखिएको पनि बताए । ‘विगतका सांसदले निर्वाचित भएपछि जिल्ला नआउने र पुर्व प्रतिवद्धता अनुसार काम नगरेको गुनासो पनि नागरिकको देखियो, मैले सुख, दुःखमा सँगै रहनेछु भनेको छु’, राईले आफ्ना प्रतिवद्धता सुनाए ।

उनले आफु निर्वाचित भएपछि जिल्लामा गर्ने कामहरुको लामै फेहरिस्ता तयार पारेका छन् । आफ्नो विगत, वर्तमानको क्रियाशिलता र भविष्यमा गर्ने कामका योजनासहित उनी दैनिक ठुला २ वटा सभा र साना पाँच वटासम्म सभाहरुमा सहभागी भैरहेका छन् । सडक, विद्युत, सिंचाई, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका क्षेत्रमा आगामी पाँच बर्षभित्र गर्ने कामहरुको उनले क्रमवद्ध तालिका नै निर्माण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.