चुक्ता पूँजी १ अर्ब पुर्याउनेमा हिमालयन जनरल इन्स्योरेन्स पहिलो

  २०७४ कार्तिक १७ गते १५:२३     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा विगत साँढे दुई दशक देखी सक्रिय रहँदै आइराखेको हिमालयन जनरल इन्स्योरेन्सले आफ्नो चुक्ता पूँजी एक अर्ब २ करोड पुर्याएको छ ।

बीमा समितीको निर्देशन अनुसार बीमा कम्पनीहरुले चुक्तापूँजी निर्जीवनको हकमा १ अर्ब र जीवनबीमाको हकमा दुई अर्ब पुर्याउनु पर्ने बाध्याकारी निर्देशन आएपछि कम्पनीले चुक्ता पूँजी एक अर्ब पुर्याएको हो । यसरी चुक्ता पूँजी अर्ब पुर्याउनेमा हिमालयन जनरल इन्स्योरन्स पहिलो रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आवमा एक अर्ब ३० करोड रुपैयाँको प्रिमियम संकलन गरेको छ । साथै, कम्पनीले  निकट भविश्यमा आफ्नो शाखा संञ्जाललाई धनगडी, नेपालगञ्ज र सुर्खेतमा समेत विस्तार गर्ने बताएको छ ।

हाल हिमालयन जनरल इन्स्योरेन्सले १८ वटा शाखा मार्फत देश भर सेवा प्रदान गर्दै आइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.