सेयर बजारलाई विश्वास गरौं, सकरात्मक सोचौं, सुनौलो दिन आउदै छन्

२०७४ कार्तिक १७ गते १३:३४ नरेन्द्र सिजापति

एक समयको कुरा हो सुमन र निरोज एकदम मिल्ने साथि थिए । दुबै जना असाध्यै बहादुर, दुःखीलाई सहयोग गर्ने र घुमफिर गर्न मन पराउथे । एक दिन गर्मिको समयमा दुबै जना माछा खान दोलालघाट पुगे । माछा खादै दुबै जना सुनकोसो नदी किनारमा रमाइरहेका मानिसहरु लाई हेरिरहेका थिए ।

निरोजले अचानक सुमनलाई भन्यो ओहो यस्तो गर्मिमा पौडि खेल्नु पर्छ जाउ हिड । दुबै पौडि खेल्न थाले तर नदि दुबैजनाले अपेक्षा गरे भन्दा धेरै गहिरो थियो । यतिकैमा निरोज पौडि खेल्दै अलि पर पुगिसकेको थियो । अकस्मात उसलाई नदीले अलि तल गहिरो स्थानमा पुर्यो । निरोज अतालिसकेको थियो । सुजबुझ गुमाइ सकेको निरोज डुव्नै लागिसकेको थियो ।

आफनो साथी डुब्दै गरेको देखने बित्तिकै सुमन अतालिदै बाहिर निस्कन्छ र छेवैमा रहेको सुकेको काठको मोटो हागो निरोज तिर तेर्साउदै धकेल्छ । दुरभाग्य निरोज काठको हागो समाउन सकिरहेको थिएन । सुमनले काठको हागो निरोज भएतिर फालिदियो ।
किनारमा रमाइरहेका सबै मानिस आइपुगे र भन्न थाले अब यो बाच्दैन नदिले बगायो यसलाई । सुमनको मनमा पनि यस्तै भावना आइसकेको थियो कि अब निरोज बाच्दैन नदिले बगाउने भो ।

यस्तो बहाव भएको नदिमा बाच्न संम्भव छैन भन्दै सबै शोकमग्न अवस्थामा थिए । निरोजको शोकमा सबै जना किनारमा बसिरहेका थिए यतिकैमा अलि तल तिरबाट सुनिलको साथमा कोही माथि तिर आउदै गरेको देखियो । अलि नजिक आएपछि थाहा भयो सुनिलको साथमा आएको मानिस अरु कोही नभएर निरोज नै रहेछ । सबै जना खुसीले चकित हुदै निरोजलाई प्रश्न गर्छन यसरी बगेको मानिस कसरी बाचिस् ।

तिमीहरुको यो प्रश्नको जवाफ म दिन्छु भन्दै सुनिलले भन्यो यति तेज बहाव भएको नदिले बगाउदा पनि निरोज किन बाचो ? भने तेतिबेला उसलाई अब त बाच्दैनस, तलाई नदीले बगायो भन्ने वाला कोही थिएन । निरास गर्ने वाला कोही थिएन । अत्ताउने वाला कोही थिएन । नत अब त मरिस भन्ने वाला कोही थियो । निरोजको सामुने थियो त केवल काठको हागो र बाच्ने आशा । यही आशा र आत्मविश्वासले गर्दा निरोज नदिको किनार लागेर बाच्न सक्यो ।

मित्र हाम्रो जीवनमा पनि यस्तै हुन्छ जब अरु मानिसहरु कुनै काम असम्भव भन्छन बस हामी हात उठाइ दिन्छौ र भन्ने गर्छौ की यो असम्भव नै छ । हामी आफनो क्षमताको मापन पनि अरुले भने अनुसार गर्ने गर्छौ । झन शेयर बजारमा यस्तो कुराको उदाहरण अझ देख्न पाइन्छ । बजार घट्ने भो वा बढ्ने भो भनेर कसैले भनिदियो भने हामी तत्कालै बेच्न र किन्न तयार भई दिन्छौं ।

तपाई हामीले चिने जानेका ठुला लगानीकर्ताले शेयरमा नोक्सान व्यहोरेको देखेर त झन हामी हतोसाही हुने गर्छौ र मनमनै भन्ने गर्छौ । ओहो उसलाई त नोक्सान व्यहोनु परो झन मेरो अवस्था के होला ? बजारले उसलाई त साथ दिएन झन मलाई के साथ देला ? ठुलाले त बेचिरहेका छन् म किन नबेच्ने ? जानकार भनाउदाहरुले त झन बजार नकरात्मक हुन्छ भनिरहेका छन् ।बजार हामी जस्तो साना लगानीकर्ताको बसमा छैन, ब्रोकर र ठुलालेमात्र चलखेल गर्दा रहेछन् बेकारमा लगानी गरिएछ यो त मेरो क्षमता भन्दा बाहिरको विषय रहेछ आदि इत्यादि ।

यस्ता प्रकारका बिचारहरु मनन गर्दा र सुन्दै गर्दा हामी आफनै बुद्घि र बिवेकको प्रयोग गर्न सक्दैनौ र अन्तमा हार स्वीकार गर्न थाल्छौ । तसर्थ अरुले भनेको भरमा आफुलाई कमजोर नठानौं । हरेक व्यक्तिको आ आफनै क्षमता हुन्छ । जस्तो कि निरोजलाई बारम्वार अरुले अब त बाच्दैनस, डुविस, नदिले बगायो त निस्कनै सक्दैनस भनेर भनिरहेको भए नत उसले आफनो विवेकको प्रयोग गर्न सक्थ्योे । नत उ बचेर आउन नै सक्थो । तसर्थ विश्वास र विवेक कायम राखौ ।

आफनो लगानी र आफनो बजारप्रति विश्वास गरौ । मजवुद र निरन्तर प्रतिफल दिइरहेका कम्पनीहरु छनौट गरौ । आफैलाई विश्वास गरौं, आफनो पसिनाको कमाई प्रति विश्वस्त होऔं , आफुले गरेको लगानीलाई पुर्ण विश्वास गरौं, बजारलाई विश्वास गरौं, सकरात्मक सोचौं । कसैलाई आरोप लगाउदैमा आफु आरोप मुक्त भइदैन । सुनौलो दिन आउदै छ ।
शुभ समय
गरौ लगानी
शुभ जिन्दगी ।