चेम्बरले भन्यो- व्यापारीलाई थुन्न पाइन्न, सुन्न मात्र पाइन्छ

  २०७४ कार्तिक १३ गते १४:५७     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायी तथा व्यापारीहरुले बिना प्रमाण व्यापारीहरुलाई थुन्ने काम नगर्न सरकारसँंग अनुरोध गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृह सचिव मोहनकृष्ण सापकोटासँंग भेट गरी बजार अनुगमनपछि पहिला व्यापारीको कुरा सुन्ने अनि मात्रै थुन्ने काम गर्नुपर्ने माग राखे । बजार अनुगमनपछि व्यापारीलाई ल्याएर सिधै थुन्ने काम भएको भन्दै त्यसो नगर्न अनुरोध गरेका हुन् ।

गृह मन्त्रालय सिंहदरवारमा भएको भेटमा चेम्वरका अध्यक्ष श्रेष्ठले दोषि प्रमाणित नभइकनै आरोपका आधारमा व्यापारीलाई थुन्ने काम नगर्न अनुरोध गरेका हुन् । अनुसन्धानबाट दोषि प्रमाणित भएपछि मात्रै दण्ड सजायलगायतका कारबाहीको प्रक्रिया अगाडि बढाउन उनले अनुरोध गरेका छन् ।

भेटमा सचिव सापकोटाले व्यवसायीका मागमा आफू सकारात्मक रहेको बताए । यसका लागि निजी क्षेत्रका व्यवसायीहरुसँंग छलफल गरी अगाडि वढने आश्वासन उनले दिए ।

भेटमा चेम्वरका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, द्धितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश कुमार अग्रवाल, सचिवहरु देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डे, पर्शुराम दाहाललगायतका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.