अनुदान नपाएपछि कृषि सामग्री कम्पनीले मल नल्याउने, हिउदका लागि साल्ट ट्रेडिङले मल ल्याउँदै

  २०७४ कार्तिक ८ गते १८:०६     विकासन्युज

काठमाडौं । यसपाली हिउँदेबालीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले मल नल्याउने भएको छ । सरकारले मल खरिदका लागि अनुदान नदिएपछि मल ल्याउन नपाएको कम्पनीले जनाएको छ ।

गत असोज मसान्तमा सूचना जारी गर्दै कम्पनीले ५० हजार मेट्रिक टन रसायनिक मलकाका टेण्डर खुलाएको थियो । तर पर्याप्त बजेट अनुदानको अभाव र वार्षिक खरिद कार्यक्रम बढी भएकाले रसायनिक मल खरिद कार्यक्रम रद्द गरेको कम्पनीले जानकारी दिएको छ ।

यद्दपी हिउँदमा खेति लगाउनका लागि रासायनिक मलको अभाव नहुने भएको छ । आउदो हिउँदलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल आयात गरिरहेको छ ।

साल्ट ट्रेडिङले बुधबारसम्म २५ हजार मेट्रिक टन मल आयातका टेण्डरका लागि आवेदन संकलन गरिसकेको छ । हिउदमा मलको अभाव हुन नदिन कर्पोरेशनले मलको लागि टेन्डर आह्वान गरेको थियो ।

वाली लगाउने सिजनमा जहिले पनि किसानले मलको चरम अभाव खेप्दै आएका छन् । यो वर्ष समयमा बोलपत्र आब्हान गरिएकाले मलको अभाव नहुने देखिएको छ । नेपालमा वार्षिक ७ लाख टन मलको आवश्यकता हुने गरेको छ । आपूर्ति ५ लाख टन मात्र हुदा बजारमा मलको अभाव हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.