टीसीएल स्मार्ट टिभीहरुको माग बढ्दो, उपभोक्ताहरु प्रतिक्षा गर्न बाध्य

  २०७४ असोज ३० गते १२:०१     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टिभी ब्राण्ड टीसीएलका स्मार्ट टिभीहरुको माग बजारमा बढ्दो छ । स्टाइलिस डिजाइन तथा गुणस्तरियले भरिपूर्ण टीसीएलका टिभीहरुको मूल्य पनि ग्राहकहरुको क्षमता भित्र रहेको छ ।

३२ इन्च देखि ६५ इन्च सम्मको टिभीहरु अहिले सम्म पनि धमाधम बिक्री भएर कतिपय टिभीहरुका लागि ग्राहकहरुले अग्रीम बुकिङ्ग पनि गरिरहेको कम्पनीले जनाएको छ ।

गुणस्तरिय उत्पादन सँगै टीसीएलले आफ्ना उपभोक्ताहरुको चाहनालाई मध्यनजर गर्दै आकर्षक प्रस्ताव र योजनाहरु ल्याउने क्रममा यसपाली चाडपर्वलाई लक्षित गरि “हातमा हात्ती पकेटको साथी” योजना ल्याएको छ ।

नेपालका लागि टीसीएल टिभीको आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स प्राली रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.