पुँजीबजारमा उत्पादनशील क्षेत्रलाई प्रवेश गराइने

  २०७४ असोज ८ गते १५:०६     विकासन्युज

काठमाडौं । अर्थराज्यमन्त्री उदयशम्सेर राणाले पूँजीबजारमा उत्पादनशील क्षेत्रको प्रवेशलाई प्रोत्साहन गरिने बताएका छन् ।

लगानीकर्ताको जोखिम ब्यवस्थापनको लागि पनि उत्पादनशील क्षेत्र पूँजीबजारमा आउनु पर्ने उनको भनाई छ ।

राज्यमन्त्री राणाले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलसंगको भेटमा बास्तविक क्षेत्रको प्रबेशपछि मात्र नै यसले देशको अर्थिक ऐनाको रुपमा काम गर्ने बताए ।

पूँजीबजारको दिगो बिकासका लागि लगानीकर्ताले गरेको लगानीलाई दिर्घकालनि र अल्पकालीन गरि दीर्घकालीन लगानीमा राज्यले सौलियत दिनुपर्ने ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । मन्त्रीराणाले उक्त विषय प्रति सरकारले उपयुक्त समयमा आवश्यक निर्णय लिने आश्वासन दिएका थिए ।

सो अबसरमा अध्यक्ष रेग्मीले पूँजीबजारको बिकासका लागि नितिगत, प्राविधिक र संरचनागत सुधारको खाँचो औल्याएका थिए । सो अवसारमा एसोसिएसनले राज्यमन्त्री राणालाई १० बुदे सुझाव पेश गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.