मेलम्चीपछि याङग्री र लार्केको डिपिआर ६ महिना भित्रै, इआईए अध्ययनका लागि क्षेत्र निर्धारण हुँदै

  २०७४ भदौ २८ गते १७:४०     विकासन्युज

काठमाडौं । आगामी ६ महिना भित्रै याङग्री र लार्के नदिको पानी मेलम्चीमा मिसाएर काठमाडौं ल्याउने आयोजनाको डिपिआर तयार हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिले दोश्रो चरण अन्तर्गत यी दुई नदिको ३४ करोड लिटर पानी मेलम्चीमा मिसाएर काठमाडौं ल्याउने प्रक्रिया अघि बढाएको हो ।

हाल स्पेनको इप्टिसा कम्पनीले डिपिआर निर्माणको काम गरिरहेको छ । २५ करोड लागतमा सोही कम्पनी मार्फत डिपिआर, इआईए, एसआईए लगायतको अध्ययन हुने मेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर रमाकान्त दुवाडीले बताए । समितिले याङग्री नदिसम्म ९ किलोमिटरको सुरुङ खनेर दैनिक १७ करोड लिटर र त्यसमाथी थप २ किलोमिटरको सुरुङ खनेर लार्के नदिबाट अर्काे १७ करोड लिटर पानी मेलम्चीमा मिसाएर काठमाडौं ल्याउने योजना अघि काम अघि बढाएको हो ।

डिपिआरमा सुरुङको निर्माणको प्राबिधिक पक्ष, लागत, प्रभावित क्षेत्र, सामाजिक तथा सांस्कृतिक प्रभाव, सुन्दरीजलमा निर्माण हुने वाटर ट्रिटमेन्ट प्लान्ट लगायतकाबारेमा विस्तृत तथ्य उजागर हुनेछ । आयोजनाले चौतारा साँगाचोक गढी नगरपालिकाको १०, ११, १२, १३ र १४ नम्बर वडा, इन्द्रावति गाउँपालिकाको ६ देखि १२ नम्बर वडा, पाँचपोखरी थाङपाल गाउँपालिकाको १ देखि ८ नम्बर वडा र मेलम्ची नगरपालिकाको ९ र १० नम्बर वडालाई प्रभावित क्षेत्रका रुपमा लिएको छ ।

हालसम्म मेलम्ची खानेपानी आयोजनाको १.७ किलोमिटर सुरुङ मात्रै खन्न बाँकी छ । डिसेम्बर महिना भित्रै सुरुङ सम्पन्न हुनेछ । त्यसको केहि समयभित्रै अन्य काम सम्पन्न गरेर उपत्यकाबासीको धारामा मेलम्चीको पानी ल्याइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.