गोर्खाज फाइनान्सले ४ लाख कित्ता संस्थापक हकप्रद सेयर लिलामी गर्दै, असोज २२ भित्र आवेदन दिनुपर्ने

  २०७४ भदौ २८ गते ८:२७     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक हकप्रद सेयर लिलाम गर्ने भएको छ ।

फाइनान्सले बिक्री नभएको ४ लाख २४ हजार ४२० कित्ता हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्न बुधबार बोलपत्र आब्हान गरेको छ । फाइनान्सले जेठ १ गतेदेखि असार ११ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेपछि फाइनान्सले लिलामी प्रक्रियाबाट बेच्न लागेको हो ।

असोज २२ गतेभित्र बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेडमा दरखास्त दिन फाइनान्सले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.