नेपाल ग्रामीण विकास बैंकको एफपीओ बिक्री खुला, १ सय मा पाइने, न्युनतम् ५० कित्ता भर्नुपर्ने

  २०७४ भदौ २७ गते ८:५३     विकासन्युज

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको थप निष्कासन (एफपीओ) मंगलबारदेखि बिक्री खुला भएको छ ।

बैंकले १ सय रुपैयाँमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन खुला गरेको छ ।

दरखास्त दिनुपर्ने न्युनतम ५० कित्ता र बढीमा ४ हजार ८७० कित्ता रहेको बैंकले जनाएको छ ।

एफपीओ निष्कासन बन्द छिटोमा शुक्रबार र ढिलोमा असोज १० गतेसम्मलाई तोकिएको छ ।

चुक्तापुँजी बढाउन बैंकले एफपीओ निष्कासन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.