देउवाले गरेको तीन सम्झौतामा एमालेको आपत्ति

  २०७४ भदौ ११ गते १०:१४     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणका क्रममा गरेका तीन वटा सहमति प्रति आपत्ति जनाएको छ ।

एमाले कार्यवाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले संयुक्त पत्रकार सम्मेलनमा देउवाले संबिधान संसोधन बारे दिएको अभिव्यक्ति, काठमाडौंसम्म ग्यास पाइपलाइन बिछ्याउने सम्झौता र राष्ट्रिय योजना आयोग र भारतको नीति आयोगबीचको सहकार्य सम्बन्धी सम्झौतामा आपत्ति जनाएको हो ।

एमालेले तराई डुबान, सिमा अतिक्रमण लगायतका बिषयमा कुनै छलफल नगरेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.